सोमबार, फाल्गुन ११,२०८२ 10:50:37
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 10:50:37
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आगामी पुस महिनामा वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.