काठमाण्डौ । सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १८ औं साधारण सभा आज काठमाण्डौको ज्ञानेश्वरमा रहेको एटिक मिटिङ हलमा सम्पन्न भएको हो ।
कम्पनीको उक्त सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित भएको छ ।
साथै, आ.व. २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कम्पनीको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरुको बैठक भत्ता परिमार्जन भएको छ ।