मंगलवार, पुष १,२०८२ 08:11:47
Bizshala
  • मंगलवार, पुष १,२०८२ 08:11:47
Bizshala
Global IME Bank Limited
Bizshala

विशाल बजारले एकैपटक डाक्यो ५ वर्षको साधारण सभा, लाभांश समेत घोषणा

Hyundai Nepal
विशाल बजारले एकैपटक डाक्यो ५ वर्षको साधारण सभा, लाभांश समेत घोषणा
Shivam Cement

काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडले ५ वर्षको साधारण सभा एकैपटक डाकेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले उक्त सभा आगामी फागुन २८ गते काठमाण्डौको सुन्धा्रामा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ । सभामा सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश÷फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पूँजी ४ अर्ब १ करोड अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन पारित गर्ने र कम्पनीको पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Garima Development Bank
Bizshala

यस्तै सभामा अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको आर्थिक विवरण (वासलात, आय विवरण नगद प्रवाह विवरण) तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने र सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिने र सेयरधनीका तर्फबाट सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा अनुमोदन गर्ने र सर्वसाधरण सेयरधनीको तर्फबाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.