काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।
उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।