काठमाण्डौ । मर्जरको प्रस्ताव पारित गर्न किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेका छन् । यी सदुवै संस्थाको संस्थाको फागनु १५ गते बसेको सञ्चालक समितिको बैठकले छुट्टा छुट्टै वार्षिक साधारण सभा डाकेका हुन् ।
दुवै संस्थाको वार्षिक साधारण सभा आगामी चैत ९ गते आयोजना हुनेछ । उक्त सभाहरुमा दुवै संस्थाका अध्यक्षद्वारा प्रस्तुत हुने एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरिनेछ । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गरिनुका सार्थ मर्जर सम्बन्धी सम्पूर्ण कार्यका लागि दुवै संस्थाका सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
यस्तै सभामा दुवै संस्थाको गत आवका वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।