काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले ३१ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले यही असार ३० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, १५ प्रतिशत हकप्रद जारी गर्ने यसअघिनै पारित भएको प्रस्तावलाई परिमार्जन गरी १० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
सभामा सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।