काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २८ काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सभामा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

