काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्स लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभामा बैंकको ऋणको सम्बन्धमा छलफल परी पारित गर्ने, कम्पनी सचिवको नियुक्ती तथा सञ्चालकको पारिश्रमिक र भत्ता निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
कम्पनीले प्रिमियम मूल्य प्रतिकित्ता ३०३ रुपैयाँमा आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा मंसिर ७ गते आवेदन दिएको छ ।