प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अजेण्डा पारित गर्न अम्बे स्टिल्सको एजीएम आज बस्दै
काठमाण्डौ । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।