बिहीबार, श्रावण १४,२०८३ 02:47:12
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:47:12
Bizshala
Global IME Bank Limited

छ्‌याङदी हाइड्रोपावरको दुई आवको साधारण सभा आज आयोजना हुँदै

छ्‌याङदी हाइड्रोपावरको दुई आवको साधारण सभा आज आयोजना हुँदै
New Office

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरको दुई आवको साधारण सभाआज एकैपटक आयोजना हुँदैछ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज १० औं र ११ औं वार्षिक साधारण सभा काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

सभामा कम्पनीले आव २०७९/८० तथा २०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको सीमाभन्दा बढी खर्चलाई अनुमोदन गर्ने र प्रबन्ध पत्र तथा नियमावलीमा दफा नियम थप, संशोधन लगायतका विषयहरु नियामक निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन, फेरबदल एवं थपघट लगायतका कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न सञ्चालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/८० तथा २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९/८० र आव २०८०/८१ को बार्षिक आर्थिक विवरण तथा आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा एको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरि पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.