काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार ३२ गते बुधबारका दिन पोखरामा रहेको होटल सिटी स्क्वायरमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने,अन्य लघुवित्तसँग गाभ्ने÷गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।