बिहीबार, चैत्र २१,२०८१ 02:56:05
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:56:05
IME remit
Global IME Bank Limited

यी १४ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुनको हुँदैछ लाभांश पारित ?

Hyundai Nepal
यी १४ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुनको हुँदैछ लाभांश पारित ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज मुक्तिनाथ कृषि कम्पनी,सर्वोत्तम सिमेन्ट, डिप्रोक्स लघुवित्त, बोटलर्स नेपाल(तराई),बोटलर्स नेपाल(बालाजु)हिमालयन उर्जा विकास, लक्ष्मी लघुवित्त, निर्धन उत्थान लघुवित्त, तेह्रथुम पावर,युनियन हाईड्रोपावर,हिमालयन हाईड्रोपावर,अपर हेवाखोला हाईड्रो,अपर सोलु इलेक्ट्रिक कम्पनी र सिटी होटलको साधारण सभा आयोजना हुन लागेको हो ।  

मुक्तिनाथ कृषि कम्पनीको छैठौं साधारण सभा काठमाण्डौको बसुन्धारामा रहेको यति पार्टी प्यालेसमा दिउसो १ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांशको प्रस्ताव नगरेकाले सभामा लाभांशको कुनैपनि एजेण्डा पेश हुने छैन । सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै स्वतन्त्र सञ्चालक र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सर्वोत्तम सिमेन्टको साधारण सभा रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवका लागि प्रस्तावित  ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ । 

Shivam Cement
Bizshala
CG Motors

डिप्रोक्स लघुवित्तको साधारण सभा चितवनको सौराहमा रहेको होटल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा ३ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

बोटलर्स नेपाल(तराई)को साधारण सभा काठमाण्डौमा रहेको र्याडिसन होटलमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

बोटलर्स नेपाल(बालाजु)को साधारण सभा पनि काठमाण्डौमा रहेको र्याडिसन होटलमा आयोजना हुनेछ । सभामा गत आवको वित्तीय विवरणहरु तथा वार्षिक प्रतिवेदन पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिमालयन उर्जा विकासको  २३ औं र २४ औं वार्षिक साधारण सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अर्पण ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, २०७९/८० र २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित  गर्ने र सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।    

लक्ष्मी लघुवित्तको साधारण सभा काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको प्रस्तावज पेश हुनेछैन ।  

निर्धन उत्थान लघुवित्तको २६ औं साधारण सभा काठमाण्डौको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा लाभांशसँग सम्बन्धित कुनैपनि अजेण्डा सभामा पेश हुनेछैन ।  

सभामा अन्य एकभन्दा बढी लघुवित्तलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु पारित हुनेछ ।  

तेह्रथुम पावरको साधारण सभा काठमाण्डौको मैतिदेविमा रहेको वैभव पार्टी भेन्युमा दिउसो १२.३० बजेदेखि सुरु हुनेछ । कम्पनीको उक्त सभामा लाभांशको कुनै प्रस्ताव पेश हुनेछैन ।  

हिमालयन हाईड्रोपावरको साधारण सभा पोखरामा बिहान ११ बजेदेखि आयोजना हुनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरु पारित गरिनेछ ।  

युनियन हाईड्रोपावरको १८ औं साधारण सभा ललितपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा भौतिक र विद्युतीय माध्यमबाट एकसाथ आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीद्वारा प्रवद्र्धित होङ्गुखोला जलविद्युत आयोजना(२८.९ मेवा)र माथिल्लो तमोर ए जलविद्युत आयोजना(६० मेवा)को परियोजना हस्तान्तरण र व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।    

अपर हेवाखोला हाईड्रोको साधारण सभा १३ औं वार्षिक साधारण सभा काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउस पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा मातृभूमि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा गरिएको लगानी अनुमोदन गर्ने र रिक्त रहेको सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोदन गरिनेछ ।  

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

अपर सोलु इलेक्ट्रिक कम्पनीको साधारण सभा नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवका लागि कुनै पनि लाभांश घोषणा गरेको छैन । यसर्थ सभामा लाभांशको कुनैपनि एजेण्डा पेश हुने छैन ।  

सिटी होटलको साधारण सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ । सभामा हाल कायम चुक्ता पुँजीबाट १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.