काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको ५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते हुने भएको छ । चैत ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
उक्त बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान १०ः३० बजे आयोजना हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै गत आव २०७९/८० को वार्षिक प्रतिवेदन तथा २०८० असरा मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १८ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्नेछन् ।