काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा गत शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।
सभामा सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पदमासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् ।
साथै, सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि बज्राचार्यले दिएकी थिइन् । सभाले चालु आव २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिकाे प्रस्ताव समेत पारित गरेको छ ।
स्थापनाको ५ वर्ष पूरा गरेको संस्थाले गत आवसम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखामार्फत ३४ हजार २४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।