मंगलवार, कार्तिक ३,२०८३ 03:37:02
  • मंगलवार, कार्तिक ३,२०८३ 03:37:02
Global IME Bank Limited

माउण्टेन इनर्जीको साधारण सभा सम्पन्न, १५% बोनस र ५०% हकप्रदको प्रस्ताव पारित

Bizshala
माउण्टेन इनर्जीको साधारण सभा सम्पन्न, १५% बोनस र ५०% हकप्रदको प्रस्ताव पारित
New Office

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारण सभा सम्पन्न भएको हो।

कम्पनीको साधारणसभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साथै, साधारण सभाले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

१५ प्रतिशत बोनस सेयर वितरण पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउछ । सो चुक्तापूँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँबराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८.५४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारण सभाले पारित गरेको छ। कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि  हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभाले सञ्चालन समितिको तर्फबाट प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ असार मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु पारित गरेको छ। साधारणसभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ  । सभाबाट  कम्पनीको प्रवन्ध पत्र र  नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।  

यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.