बुधबार, भाद्र ३,२०८३ 02:39:20
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:39:20
Bizshala
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश घोषणा, शतप्रतिशत हकप्रदको अजेण्डासहित एजीएम पनि आह्वान

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश घोषणा, शतप्रतिशत हकप्रदको अजेण्डासहित एजीएम पनि आह्वान
New Office

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै बैठकले बोनस सेयर वितरणपश्चात शतप्रतिशत अनुपातमा हकप्रद सेयर जारी निर्णय समेत गरेको छ ।  

Bizshala
CG Motors

कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीले आगामी पुस १२ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.