काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज आशा लघुवित्त,रिडी पावर कम्पनी र मन्दाकिनी हाईड्रोपावरको साधारण सभा आयोजना हुन लागेको हो ।
यी ३ कम्पनीमध्ये आशा लघुवित्त र मन्दाकिनी हाईड्रोले लाभांश घोषणा गरेका छन् भने रिडी पावरले लाभांश नदिने निर्णय गरेको छ ।
आशा लघुवित्त
आशा लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक साधारण सभा आज बनेपामा रहेको होटल उग्रचण्डीमा दिनको ३ बजेदेखि सुरु हुनेछ। सभामा गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
मन्दाकिनी हाईड्रो पावर
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारण सभा नेपाली चुलो लाजिम्पाटमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
सभामा चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेवा पारियोजना निर्माण गर्ने, डल्फिन पावर प्रालिमा लगानी गर्ने तथा बैंक ऋण भुक्तानी गर्ने लगायतका कार्य गर्न बोनश सेयर वितरण पश्चात् कायम चुक्तापूँजीको १ः१.२५ अर्थात् (एक कित्ता बराबर १.२५ कित्ता) हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, अन्य कम्पनीहरुमा गरिएको लगानीलगायत विविध विषयमा नियामक निकायहरुबाट कुनै पनि किसिमको संशोधन, फेरबदल एवं थपघट लगायतका निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, तथा आव २०८०/८१ को नाफा–नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लेखापरिक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
रडी पावर
रिडी पावर कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारण सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा कम्पनीको स्वामित्व रहेको साझापावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पूँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ लगानी स्वीकृति गर्ने, नियमकारी निकाय निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको गाडी, स्क्राप लगायत अन्य सेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
यस्तै आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको असारसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने, आव २०८१/८२ का लागि बाह्य लेखा परीक्षकको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
साधारणसभाको प्रयोजनका लागि कम्पनीले कार्तिक २९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २८ गतेसमम नेप्सेमा कारोबार भई, कायम भएका सेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                