शुक्रबार, फाल्गुन ८,२०८२ 05:56:40
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 05:56:40
Bizshala
Global IME Bank Limited

भुजुङ हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड, १० गुणा बढी आवेदन

भुजुङ हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड, १० गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा १०.३३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको आइपीओमा कुल ८५ करोड ७३ लाख ९३ हजार रुपैयाँ बराबरको ८५ लाख ७३ हजार ९३० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १० गुणा बढी आवेदन हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कर्मचारीहरुका लागि २० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते हुनेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.