शुक्रबार, असार २६,२०८३ 04:47:29
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:47:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन होटलले ४२ लाख कित्ता आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
एशियन होटलले ४२ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाण्डौ । लुम्बिनी प्रदेशस्थित चार–तारा स्तरको लक्जरी होटल संचालक एसियन होटल लिमिटेड ले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सञ्चालक समिति अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा बसेको सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

New Office
CG Motors
Garima Development Bank

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी शंसोधन गर्दै पुँजी संरचना पुनर्सन्तुलन गर्ने निर्णय गरेको छ। यससँगै संस्थापक र सर्वसाधारण समूहबीचको शेयर संरचना पनि पुनर्सन्तुलन गर्ने निर्णय पारित गरियो।

यस्तै, साधारणसभाले रु. १०० अंकित मूल्यका ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्दै प्रशासनिक, वित्तीय तथा प्राविधिक सुधारका सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरेको छ।

भैरहवामा अवस्थित एसियन होटल लिमिटेडले ६६ वटा आधुनिक कोठा("एलीट किंग", "क्लासिक प्रिमियम", "सुइट")सहित स्वीमिङ पूल, स्पा, २४ घण्टा फिटनेस क्लब, क्यासिनो, बारहरू, मिनीबार, लक्स बाथटब/जाकुजि, फ्री वाइफाइ, खुला गार्डेन र मनोरञ्जनात्मक गतिविधिहरू जस्तै क्याम्पफायर र गेम स्क्रिन जस्ता सुविधासहित सेवा दिँदै आएको छ।

विवाह, सम्मेलन तथा विभिन्न सामाजिक कार्यक्रमका लागि होटलले बैंक्वेट हल, सम्मेलन हल र पार्टी प्यालेसमार्फत उच्चस्तरीय इभेन्ट सेवा सञ्चालन गर्दै आएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा बोल्दै अध्यक्ष पारस अधिकारीले कंपनीले छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै एसियन होटललाई नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। होटलले दिगो पर्यटन प्रवर्द्धन, स्थानीय सहकार्य र आधुनिक आतिथ्य सेवाको विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिइयो।

कम्पनीले शेयरधनीहरूप्रतिको विश्वास सुदृढ गर्दै आईपीओ जारी प्रक्रियामा मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ।

एसियन होटल लिमिटेडले भविष्यमा सेवा स्तर उकास्ने र व्यापार विस्तारमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.