शुक्रबार, बैशाख २५,२०८३ 09:18:15
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 09:18:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लगानीकर्ता झुक्याएर बन्दीपुर केवलकारले आईपीओ बेचेको पुष्टि, प्रक्षेपणको एकछेउ पनि छैन नाफा र आम्दानीको अवस्था

Bizshala
लगानीकर्ता झुक्याएर बन्दीपुर केवलकारले आईपीओ बेचेको पुष्टि, प्रक्षेपणको एकछेउ पनि छैन नाफा र आम्दानीको अवस्था
Shivam Cement

काठमाण्डौ । वित्तीय रुपमा कमजोर कम्पनीको नक्कली विवरण र झूठा प्रक्षेपणका आधारमा विभिन्न प्रभावमा परी धितोपत्र बोर्डको तत्कालीन नेतृत्वले जथाभावी आईपीओ निश्कासनको स्वीकृति दिंदाको परिणाम लगानीकर्ताहरुले भोग्न थालेका छन् ।  

सर्वसाधारण लगानीकर्तामा आईपीओ जारी गरेको यस्तै एउटा कम्पनी बन्दीपुर केवलकार एण्ड टुरिजम लिमीटेड चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा घाटामा गएको छ । रोचक पक्ष के भने आईपीओ ल्याउनुअघि निकै राम्रो नाफाको प्रक्षेपण गरेको यो कम्पनी लगानीकर्तालाई आईपीओ बिक्री गरेपछि भने घाटामा जाकिन पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनी १ करोड ६२ लाख रुपैयाँ खूद घाटामा गएको हो । यस्तो घाटा अघिल्लो त्रैमाससम्म २ करोड ५४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी १ करोड २४ लाखमा घाटामा थियो । यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा कम्पनीको घाटा बढेको छ भने अघिल्लो त्रैमासको तुलनामा भने घाटा केही कम भएको देखिन्छ ।  

कम्पनीले आईपीओ बिक्री गर्नुअघि प्रकाशित गरेको अफर लेटरमा चाहिँ लगानीकर्तालाई झुक्याउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ मा २० करोड बढी खूद नाफा-कर तिरिसकेपछिको नाफा) हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । यस्तै कम्पनीले यो अवधिमा ५५ करोड बढी कुल आम्दानी हुने भन्दै लगानीकर्ता लोभ्याएको थियो । यो अवधिमा कुल दायीत्व १ अर्ब ५ करोड हाराहारी मात्र हुने कम्पनीको दाबी थियो ।  

आईपीओ बेचिसकेपछिको अवस्थामा भने उलटफेर देखिन्छ । तेश्रो त्रैमाससम्मको कम्पनीको प्रदर्शन हेर्दा उसले प्रक्षेपण गरेको खूद नाफा चालु आर्थिक वर्षको बाँकी रहेको अबको ३ महिनामा ह्वात्तै बढ्ने आधार देखिन्न । तेश्रो त्रैमासमा १ करोड ६६ लाखमा सीमित कुल आम्दानी अब बाँकी ३ महिनाभित्रै बढेर ५५ करोड पुग्ने कल्पना गर्न सकिन्न । 

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिमा कम्पनीले अपरेशनबाट प्राप्त गर्ने आम्दानीमै पहिरो गएको देखिन्छ । उदाहरणका लागि गत वर्षको तेश्रो त्रैमाससम्म यस्तो आम्दानी २ करोड २६ लाख रहेकोमा यो वर्ष सोही अवधिमा घटेर १ करोड १६ लाखमा सीमित बन्न पुगेको छ । यसरी हेर्दा गत वर्षको समान अवधिको तुलनामा समीक्षा अवधिमा मुख्य आम्दानीमा करिब ४८ प्रतिशतको पहिरो गएको देखिन्छ ।  

प्रशासनिक खर्च गत वर्षको तुलनामा झण्डै डबलले बढेको छ भने सेल्स एण्ड प्रमोसन खर्च चाहिँ केही घटेको छ ।  

कुल २ अर्ब ८३ करोड हाराहारी चुक्तापूँजी रहेको कम्पनीको समीक्षा अवधिसम्म रिटेन अर्निङ २२ करोड ९३ लाखले ऋणात्मक बन्न पुगेको छ । कुनै कम्पनीको …रिटेन्ड अर्निङÚ ऋणात्मक हुनु भनेको कम्पनीले विगतमा कमाएको नाफाभन्दा बढी घाटा बेहोरेको संकेत हो । सरल भाषामा भन्नुपर्दा, कम्पनीले कमाएको पैसा जोगिन नसकी उल्टै सञ्चित घाटा बढेको अवस्था हो । यस्तो अवस्था धेरै वर्ष लगातार घाटा हुँदा, आम्दानी कमजोर हुँदा वा नाफाभन्दा बढी लाभांश बाँड्दा देखिन सक्छ ।

कम्पनीले विभिन्न संस्थाबाट लिएको सापटीको दायीत्व मात्रै करिब १ अर्ब नजिक छ । कुल दायीत्व चाहिँ १ अर्ब २८ करोड माथि छ ।  

ठूलो दायीत्वको अगाडि निकै न्यून आम्दानी र बढ्दो घाटाका कारण तेश्रो त्रैमासमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५७ पैसाले नेगेटिभ छ ।  

वित्तीय रुपमा निकै धराशायी अवस्थामा रहेको यो कम्पनीको दोश्रो बजार मूल्य प्रतिकित्ता ८०० रुपैयाँभन्दा माथि छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५४७ गुणाले ऋणात्मक छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X