बिहीबार, आश्विन १,२०८३ 07:07:48
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 07:07:48
Bizshala
Global IME Bank Limited

आईपीओ, हकप्रद र संस्थापक सेयरसम्बन्धी नियम समयसापेक्ष बनाउन लगानीकर्ताको माग

आईपीओ, हकप्रद र संस्थापक सेयरसम्बन्धी नियम समयसापेक्ष बनाउन लगानीकर्ताको माग
New Office

काठमाण्डौ । पछिल्लो समय सेयर लगानीकर्ताहरूले आईपीओ तथा हकप्रद सेयर निष्कासनमा संस्थापक सेयरधनीसम्बन्धी नियमावलीलाई समयसापेक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् ।  

विशेषगरी आईपीओ निष्कासनपछि दोस्रो बजारमा कम्पनीका संस्थापक सेयरधनीहरूले लकइन अवधि समाप्तिपछि ठूलो परिमाणमा सेयर बिक्री गर्ने प्रवृत्ति देखिएको भन्दै यस्तो गतिविधिलाई निरुत्साहित गर्न संस्थापक सेयरधनीसम्बन्धी व्यवस्था पुनरावलोकन तथा संशोधन गर्नुपर्ने माग उठ्दै आएको छ ।

लगानीकर्ताहरुले नीति तथा नियमहरू समयअनुकूल परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता देखाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन) का विद्यमान प्रावधानहरू पनि पुनरावलोकन गरी तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

नेपाल सेयरधनी संघका लगानीकर्ताहरुले नीति तथा नियमहरू समयअनुकूल बनाउनुपर्ने बताउँदै सेबोनले पुराना तथा वर्तमान अवस्थासँग सान्दर्भिक नरहेका प्रावधानहरूको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् ।  

विशेषगरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), हकप्रद (राइट) सेयर निष्कासन तथा संस्थापक शेयरधनीसम्बन्धी नियमावलीलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता लगानीकर्ताहरुले औल्याएका छन् । सम्बन्धित नियमावलीमा आवश्यक संशोधन गरी स्पष्ट र व्यावहारिक व्यवस्था कायम गर्नुपर्नेमा जोड दिइएको छ ।

Muktinath Bikas Bank Limited

नयाँ नीति तथा नियम स्पष्ट रूपमा संशोधन भएपछि मात्र त्यसअनुसार नयाँ आईपीओ तथा हकप्रद सेयर निष्कासनका स्वीकृति प्रक्रिया अघि बढाउनुपर्ने लगानीकर्ताहरुको धारणा छ ।

नीति तथा नियममा देखिएका अस्पष्टता र पुराना व्यवस्थालाई समयअनुकूल सुधार गर्दै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत उनले माग राखेका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.