काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न स्वीकृति प्रदान गरेको छ।
बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ लाख कित्ता शेयर निष्काशन गर्न विवरणपत्र प्रकाशनको अनुमति दिएको हो।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्काशन गर्दा आईपीओबाट कुल १२ करोड रुपैयाँ पुँजी संकलन गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।