काठमाण्डौ माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।
सो सम्बन्धि सम्झौता पत्रमा कम्पनीका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीको साधारण सेयरहरु सार्वजनिक निष्कासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान गर्नेछ ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोलुखुम्बुस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताइएको छ ।