मंगलवार, आश्विन १३,२०८३ 05:22:47
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:22:48
Bizshala
Global IME Bank Limited

आईपीओ निश्कासन प्रक्रिया छोट्याउने गृहकार्यमा सेबोन

Bizshala
आईपीओ निश्कासन प्रक्रिया छोट्याउने गृहकार्यमा सेबोन
New Office

काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीहरुको साधारण सेयरको प्राथमिक निश्कासन(आईपीओ)को प्रक्रियालाई छोट्याउने गृहकार्य थालेको छ ।  

धेरै कम्पनीहरुको आईपीओ पाइपलाइनमा रहेको र तिनको स्वीकृतिलाई पनि तीव्र पार्नुअघि सेबोनले समग्र प्रक्रियालाई नै छोट्याउने गृहकार्य थालेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यही नीतिअन्तर्गत केही दिनभित्रै आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आवेदन दिनका लागि पाउने अवधिलाई छोट्याउने तयारी भइरहेको छ ।

हालको व्यवस्थाअनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आईपीओ (प्राथमिक शेयर निष्कासन) भर्नका लागि कम्तीमा १५ दिनको आवेदन अवधि पाउँछन् । सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको छैटौं संशोधनमार्फत गरेको यो व्यवस्था पुनः संसोधन गर्न लागेको हो ।

बोर्डस्थित स्रोतकाअनुसार १५ दिनसम्म आवेदन दिन पाउने व्यवस्थालाई छोट्याएर ५ दिनमा झार्ने गरी गृहकार्य थालिएको छ । '१५ दिनको यो अवधिलाई ५ दिनमा झार्दा मात्रै पनि आईपीओको प्रक्रिया छोट्टिन सहज हुने देखियो ।' स्रोतले भन्यो -'यो व्यवस्था चाँडै कार्यान्वयनमा आउनेछ ।'  

नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार, कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कम्तीमा १० प्रतिशत शेयर आरक्षित गर्नुपर्ने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गर्ने गरिन्छ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.