मंगलवार, आश्विन १३,२०८३ 06:32:19
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:32:20
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज फाइनल हुँदै, नयाँ कुरा के आउँदैछ ?

Bizshala
धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज फाइनल हुँदै, नयाँ कुरा के आउँदैछ ?
New Office

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षका लागि तयार भएको नीति तथा कार्यक्रम आज पारित गर्दैछ ।  

उच्च व्यवस्थापनबाट तयार भएको नीति तथा कार्यक्रममाथि हिजो प्रारम्भिक छलफल गरिएको थियो । तिनै विषयहरुमा फाइनल गर्ने उद्देश्यले सेबोनले आज बोर्ड बैठक बोलाएको छ । आजको बोर्ड बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कार्यसूची रहेको एक उच्च अधिकारीले जानकारी दिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेबोनले आगामी आर्थिक वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रममा सेयर बजार बाहेकका लगानीका अन्य प्ल्याटफर्म विकास, नयाँ लगानी औजारहरुको बजारमा सहज कारोबार, आईपीओको झञ्झटिलो प्रक्रियामा सहज व्यवस्था, बजारका विकृति विसंगति अन्त्यका लागि शून्य सहनशीलता लगायतका नीतिगत व्यवस्थाहरु समेट्नेछ । 

बोर्ड बैठकले बेलैमा पारित गरेको खण्डमा भरसक आज नै नीति तथा कार्यक्रम सार्वजनिक हुने सम्भावना छ । केही कारणले ढिलो भयो भने आउने आइतबार सार्वजनिक गरिने बोर्ड स्रोतले जानकारी दिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.