आईतवार, फाल्गुन ११,२०८१ 02:14:44
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:14:44
IME remit
Global IME Bank Limited

४० करोडको बोली लागेको सेबोन अध्यक्षमा भट्ट कि चापागाईं ?

Hyundai Nepal
४० करोडको बोली लागेको सेबोन अध्यक्षमा भट्ट कि चापागाईं ?
Nabil Bank Limited

काठमाण्डौ । प्रमुख शक्ति केन्द्रहरुलाई रिझाउन ४० करोड रुपैयाँसम्म रेट पुगेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीव्र दौडधूप र चलखेल सुरु भएको छ ।  

रु. ४० करोडसम्म घूस बुझाएरै भए पनि अध्यक्ष बन्ने दौडमा केही व्यक्ति लागिपरेका देखिएको छ भने केही भने पैसा नै खर्च नगरी बोर्ड अध्यक्ष बन्न पाइने झिनो आशासहित दौडधूपमा छन् ।  

करिब ६० लाख हाराहारीमा सेयर लगानीकर्ताहरु रहेको बजारमा धितोपत्र बोर्डको आगामी अध्यक्ष चासोको विषय बनेको छ । बोर्डमा अध्यक्ष भएर आउने व्यक्तिले नयाँ स्टक एक्सचेञ्ज लगायतका कतिपय दूरगामी महत्व राख्ने निर्णयहरु गर्नसक्ने भएकोले व्यापारिक समूह र शक्तिकेन्द्रहरु पनि आफ्नो पकेटको व्यक्तिलाई खर्च गरेरै भए पनि अध्यक्ष बनाउने ध्याउन्नमा केन्द्रीत छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो क्रममा पछिल्लो समय धितोपत्र बोर्डको अध्यक्ष बन्ने लाइनमा प्रवल सम्भावना बोकेका दुईवटा नामहरु बाहिरिएका छन् । ती दुई नामहरुमा प्रभावशाली स्वार्थ समूहहरुले आ–आफ्नो ढंगले तीव्र लविङ गरिरहेका उच्च स्रोतहरुले बताएका छन् ।  

भट्ट कि चापागाईं ?

धितोपत्र बोर्डको भावी अध्यक्षको बहसमा पछिल्लो समय प्रभावकारी ढंगले इन्ट्री भएको नाम हो सुशील भट्ट । हाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनी त्यसअघि दुई वर्ष राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा कार्यरत थिए ।  

उनी लगानीबोर्डको सीइओको रुपमा २०७७ साउन १९ गते सोमबार नियुक्त भएका थिए । ४ वर्षे कार्यकालका लागि नियुक्त भए पनि भट्टले धितोपत्र बोर्डको अध्यक्षको रुपमा आउन चाहेका छन् । भट्टभन्दा अगाडि लगानी बोर्डको सीइओको रुपमा कार्यरत महाप्रसाद अधिकारी पनि कार्यकाल नसकिँदै नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त भएका थिए । त्यही शैलीमा भट्ट पनि कार्यकाल बाँकी छँदै धितोपत्र बोर्डको अध्यक्ष बन्न अगाडि बढेका स्रोतहरुले दाबी गरेका छन् ।  

इञ्जिनियरिङको शैक्षिक पृष्ठभूमि भएका भट्ट नेपाल व्यवस्थापन संघको पूर्व अध्यक्ष पनि हुन्। व्यावसायिक पृष्ठभूमिका कारण उनी पटक–पटक विवादमा तानिने व्यक्ति हुन् । नेपालमा विभिन्न परियोजनामा संलग्न चिनियाँ कम्पनी कचौपाको स्थानीय एजेन्ट भएको भनी उनलाई आरोप लाग्ने गरेको छ ।  

उनका भाई दीपक भट्ट नेपालका प्रभावशाली व्यापारिक घरानाका भरपर्दा एजेण्ट हुन् । उनै दीपक भट्टले चाँजोपाजो मिलाएर नयाँ स्टक एक्सचेञ्ज ल्याउने शर्तमा रमेशकुमार हमाललाई धितोपत्र बोर्डको अध्यक्ष बनाएका थिए । तर, हमालले स्वार्थ समूहको स्वार्थ पूरा गर्ने अन्तिम समयसम्म प्रयास गरे पनि असफल भएसँगै बोर्डबाट बहिर्गमन रोज्नुपर्यो । हमाललाई बोर्ड अध्यक्ष बनाउने तागत राख्ने दीपकले आफ्नै दाईलाई अध्यक्ष बनाउन नसक्ने भन्ने कुरै रहेन । आफ्नै दाई धितोपत्र बोर्डको अध्यक्ष हुँदा आफ्नो मिसन पूरा गर्न सहज हुने विश्लेषणसहित विभिन्न व्यापारिक घरानाहरुसँग समेतको छलफलपछि सुशील भट्टको नाम अगाडि सारिएको स्रोतहरुको दाबी छ ।  

दीपक भट्ट व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप, मुरारका ग्रुप तथा विभिन्न कम्पनीका एजेन्टको रुपमा चिनिन्छन् । उनी आफैंको पनि निकै ठूलो लगानी हिमालयन स्टक एक्सचेञ्जमा छ । यही स्टक एक्सचेञ्जले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने विगतमा धेरै प्रयास गरेको थियो ।  

सार्वजनिक संस्थानको नियुक्तिमा सेटिङ मिलाएर कमिशनको खेलोमा लाग्ने गरेका भट्ट हिमालयन स्टक एक्सचेञ्जमा भने प्रमुख सेयरधनीका रुपमा देखिएका छन् । भट्टले ३ अर्बको स्टक एक्सचेञ्जको लाइसेन्स हात पार्न थप ६ अर्ब खर्च गर्न लागेका बताइन्छ । अहिले आवेदन दिँदा नै स्टक एक्सचेञ्जलाई आवश्यक पर्ने चुक्ता पुँजीको १२० प्रतिशत रकम डिल भइसकेको छ । लाइसेन्स पाउने बेलासम्ममा बाँकी रकम थप गरेर कुल ९ अर्ब खर्च गरेर ३ अर्बको कम्पनीको लाइसेन्स वितरण हुने स्रोतहरुको दाबी छ ।

जुन सरकार आए पनि अवसर र लाभ लिन जान्ने भट्टले यसपटक देशका ठूला घरानाका व्यवसायीलाई बोकेका छन् । भट्ट नेपाल आयल निगम प्रमुख नियुक्तिदेखि यस्ता लाइसेन्स वितरण प्रक्रियामा होस् जहाँ पनि जोडिइरहने नाम हो ।  

भट्ट निकट स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने धितोपत्र बोर्डको अबको अध्यक्षमा सुशील भट्टको अर्को विकल्प छैन । ‘माथिल्लो लेभलबाटै यो नाममा ‘ग्रीन सिग्नल’ आइसकेको छ । अरु इच्छुकले आवेदन दिनु वा प्रक्रियामा अन्य नामहरु आउने कुरा अब कर्मकाण्डी प्रक्रियामै सीमित हुने भयो ।’ स्रोतले दाबीका साथ भन्यो ।  

सत्तासँग निकट केही स्रोतहरु भने सुशील भट्ट यदि बोर्ड अध्यक्षमा कुनै कारण जान चाहेनन् भने अर्को दाबेदारको रुपमा चिरञ्जिवी चापागाईंलाई लिन्छन् ।  

बीमा समितिको अध्यक्ष बनिसकेका उनको कार्यकाल २०७७ पुस १४ गते सकिएको थियो । त्यसपछि फुर्सदिला भएका उनी माओवादीका विश्वासपात्र मानिन्छन् । बीमा समितिको अध्यक्षको रुपमा काम गर्दा समेत चलखेल गरी पार्टीलाई ठूलो आर्थिक लाभ गराएका उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन माओवादीकै एकथरि नेताहरु पनि लागिपरेका छन् ।  

विभिन्न आकर्षक(मालदार) ठाउँहरुको प्रमुखको नियुक्तिमा सत्तासीन दलहरुबीच भागबण्डा गर्ने सहमति बनिसकेको खबरहरु बाहिर आएका छन् । धितोपत्र बोर्डको अध्यक्ष माओवादीको भागमा परेको र सिफारिस समिति पनि माओवादीकै कार्यकर्ताहरु राखेर बनाइएकोले चापागाईं बोर्ड अध्यक्ष बन्ने सम्भावना पनि उत्तिकै प्रवल छ ।  

चापागाईं स्वयम् पनि धितोपत्र बोर्डको अध्यक्ष बन्न मोटै रकम खर्च गर्नुपर्ने भन्दै विभिन्न व्यापारिक समूहसँग छलफलमा व्यस्त रहेका बुझिएको छ । केही समूहले उनलाई अगाडि बढ्न र अध्यक्ष बन्दा लाग्ने खर्चको चिन्ता नगर्न वचन समेत दिइसकेका स्रोतहरु बताउँछन् ।  

यसरी धितोपत्र बोर्डको आगामी अध्यक्षमा मुख्यगरी भट्ट र चापागाईंकै भिडन्त हुने देखिएको छ ।  

अरु को को ?

तर, बोर्डको भावी अध्यक्षको रुपमा अन्य नामहरु पनि चर्चामा छन् । इच्छुकहरुले पनि विभिन्न कोणबाट आफ्नो नाम बाहिर ल्याइरहेका छन् ।  

बोर्डको निमित्त प्रमुखको जिम्मेवारी पाएका डा. नवराज अधिकारी पनि अध्यक्ष बन्ने दौडमा छन् । आफू प्रचण्डको पारिवारिक सदस्य रहेको दाबी गर्ने उनले बोर्ड अध्यक्ष आफैंले पाउने दाबी पनि गर्न छाडेका छैनन् ।  

धितोपत्र बोर्डबाटै मुक्ति श्रेष्ठ पनि अध्यक्षको दौडमा छन् । तर, उनको सम्भावना भने खासै नरहेको स्रोतहरु बताउँछन् ।  

बोर्डदेखि बाहिरका केही व्यक्तिले पनि अध्यक्ष बन्न मन गरेका छन् । मुक्ति अर्याल, शिवराज श्रेष्ठ लगायतका केही नाम पनि चर्चामा छन् । तर, मुक्ति अर्याल लगायतका व्यक्तिहरु भने मोटो रकम खर्च गरेर बोर्डको अध्यक्षमा जानुहुन्न भन्ने लाइनमा अडिग छन् । सार्वजनिक सरोकारका यस्ता नियुक्तिहरुमा पैसाको चलखेल हुनुहुँदैन भन्ने मत राख्ने अर्यालजस्ता अन्य नामहरु पनि दौडका क्रममा बाहिर आउनसक्ने देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.