शुक्रबार, असार ५,२०८३ 08:01:59
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 08:01:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूँजीबजारको नयाँ कप्तान: डा. गोपाल भट्टको यात्रा र चुनौती

Laxmi Sunrise Bank Limited
पूँजीबजारको नयाँ कप्तान: डा. गोपाल भट्टको यात्रा र चुनौती
Shivam Cement

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेसँगै पूँजीबजार वृत्तमा उनको पृष्ठभूमि र क्षमताबारे चासो बढेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरेको हो। लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले अब पूर्णकालीन नेतृत्व पाएको छ।

डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले करिब तीन दशक नेपाल राष्ट्र बैंकमा विभिन्न महत्वपूर्ण विभागको नेतृत्व गर्दै काम गरेका छन्। राष्ट्र बैंकमा रहँदा उनले अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, मानव संशाधन विभाग तथा वित्त कम्पनी सुपरिवेक्षण विभाग लगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।

Bizshala
New Office
CG Motors

मौद्रिक नीति निर्माणदेखि पूँजीबजारसम्मको अनुभव

अर्थशास्त्री तथा वित्त विज्ञका रूपमा परिचित भट्टले राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्व गर्दै मौद्रिक नीति निर्माण, मुद्रास्फीति अध्ययन, आर्थिक पूर्वानुमान तथा अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले उपभोक्ता मूल्य सूचकांक (सीपीआई) विकास परियोजनाको समेत नेतृत्व गरेका थिए।

सार्वजनिक ऋण व्यवस्थापन र तरलता व्यवस्थापन प्रणाली सुदृढीकरणमा पनि उनको योगदान रहेको उल्लेख गरिएको छ। राष्ट्र बैंकको खुला बजार कारोबार (ओएमओ) उपकरण विकास तथा ऋण व्यवस्थापन रणनीति निर्माणमा समेत उनी संलग्न थिए।

पूँजीबजारसँग प्रत्यक्ष सम्बन्ध

नयाँ अध्यक्ष भट्ट राष्ट्र बैंकमा मात्र सीमित छैनन्। उनले २०२० देखि २०२२ सम्म Sanima Capital Limited मा स्वतन्त्र सञ्चालकको भूमिका निर्वाह गरेका थिए भने २०२२ देखि २०२६ सम्म Nepal SBI Bank Limited का स्वतन्त्र सञ्चालकका रूपमा काम गरेका थिए।

उनको पीएचडीको विषय नै ‘नेपालमा सेयरबजारको दक्षता (Stock Market Efficiency in Nepal)’ रहेको छ। उनले सन् २००९ मा Tribhuvan University बाट व्यवस्थापन (वित्त) विषयमा विद्यावारिधि गरेका थिए।

उनले सन् २०२१ मा प्रकाशित ‘Stock Returns and GDP in Nepal’ शीर्षकको अनुसन्धान लेखमार्फत पनि पूँजीबजारसम्बन्धी अध्ययन प्रस्तुत गरेका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

शिक्षक, अनुसन्धानकर्ता र नीतिनिर्माता

डा. भट्टले २५ वर्षभन्दा बढी समय विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेका छन्। उनले शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, द ब्रिटिस कलेज, किङ्स कलेज, एसी इन्स्टिच्युट अफ म्यानेजमेन्ट लगायतका संस्थामा वित्तीय व्यवस्थापन, लगानी विश्लेषण, वित्तीय डेरिभेटिभ, जोखिम व्यवस्थापन र मौद्रिक नीति जस्ता विषय अध्यापन गरेका छन्।

यसका अतिरिक्त उनी अर्थ मन्त्रालयअन्तर्गत एडीबी सहयोग प्राप्त क्यापिटल मार्केट एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट परियोजनामा सदस्यका रूपमा समेत आबद्ध भइसकेका छन्।

अबका चुनौती

डा. भट्टले नेतृत्व सम्हाल्दा नेपालको पूँजीबजार अनेक चुनौतीबीच रहेको छ। धितोपत्र निष्कासन स्वीकृति, ब्रोकर विस्तार, वस्तु विनिमय बजार सञ्चालन, संस्थागत सुधार, लगानीकर्ता संरक्षण, बजारमा देखिएका अनियमितता नियन्त्रण तथा प्रविधिमैत्री नियमन उनको कार्यकालका प्रमुख परीक्षा बन्नेछन्।

सेयरबजारको दक्षतामै विद्यावारिधि गरेका र केन्द्रीय बैंकको उच्च तहमा लामो अनुभव बटुलेका डा. भट्टले अब व्यवहारिक रूपमा नेपालको पूँजीबजारलाई कति प्रभावकारी र विश्वसनीय बनाउन सक्छन् भन्ने विषयमा लगानीकर्ताको नजर केन्द्रित हुने निश्चित देखिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.