आईतवार, फाल्गुन ११,२०८१ 10:21:04
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:21:04
IME remit
Global IME Bank Limited

सरकार र एनआरएनको मात्र लगानी रहने संयुक्त इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने बाटो खुल्ला

न्यूनतम आवेदन र कारोबार कित्ता १००० कायम, गैरआवासीय नेपालीबीच मात्रै किनबेच हुने

Hyundai Nepal
सरकार र एनआरएनको मात्र लगानी रहने संयुक्त इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने बाटो खुल्ला
Nabil Bank Limited

काठमाण्डौ । गैरआवासीय नेपालीहरुलाई धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निश्कासन तथा बाँडफाँड(आठौं संसोधन) निर्देशिका २०८१ जारी भएको छ ।  

संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरुको मात्र लगानी रहने र उनीहरुबीच मात्रै सेयर कारोबार हुने व्यवस्थासहित संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको अवधारणा अगाडि सारेको छ । त्यस्ता कम्पनीहरुले सेयर निश्कासनका लागि अपनाउनुपर्ने प्रक्रियाहरुको विषयमा समेत निर्देशिकाले प्रष्ट व्यवस्था गरेको छ ।  

जसअनुसार त्यस्ता कम्पनीहरुले जारी पूँजीको दश प्रतिशतभन्दा घटी र उनन्चास प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्काशन गर्नुपर्नेछ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानी रहने गरी इन्भेष्टमेन्ट कम्पनी खोल्नुपर्ने र  त्यस्ता कम्पनीले निष्काशन गर्ने शेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्नसक्नेछन् । निर्देशिकाअनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्काशन गर्न सक्ने छैन ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशन गर्नु पूर्व शेयर बोर्डमा दर्ता गर्नु पर्नेछ ।

जाँचबुझ गर्दा त्यस्तो निवेदक कम्पनीको शेयर दर्ता गर्न उपयुक्त देखिएमा बोर्डले सात कार्यदिनभित्र नियमावली बमोजिमको दर्ता दस्तुर बुझाउन निवेदक कम्पनीलाई सूचित गर्नेछ । त्यस्तो सूचना प्राप्त भएपछि निवेदक कम्पनीले दर्ता दस्तुर बोर्डको खातामा जम्मा गरेको बैंक भौचर बोर्डमा बुझाउनु पर्नेछ । निवेदक कम्पनीले बमोजिम दर्ता दस्तुर बुझाएको सात कार्य दिनभित्र बोर्डले शेयर दर्ता गरी सोको जानकारी निवेदक कम्पनीलाई दिनेछ ।

रित पुर्याई आएको निवेदन साथ पेस भएको विवरणपत्र सम्बन्धमा जाँचबुझ गर्दा विवरणपत्र उपयुक्त देखिएमा सात कार्य दिनभित्र बोर्डले त्यस्तो विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्नसक्ने व्यवस्था समेत गरिएको छ । स्वीकृत विवरणपत्र प्रचलित कानून बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी लगानीकर्ताको जानकारीको लागि निष्काशनकर्ता कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्नु पर्नेछ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन तोकिएको छ । 

यस बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।  

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको बिक्री खुला गरिने दिनभन्दा कम्तीमा सात कार्य दिन अगाडि विवरण खुलाई सम्बन्धित सबैको जानकारीको लागि आव्हानपत्र राष्ट्रिय दैनिक पत्रिका र निष्काशनकर्ता कम्पनीको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ र सोको जानकारी बोर्डलाई गराउनु पर्नेछ । यस बमोजिम प्रकाशन गरिने आव्हानपत्र वा निष्काशन सम्बन्धी कुनै सूचनाको बारेमा सो सूचना प्रकाशन गरिने मितिभन्दा कम्तीमा एक कार्य दिन अगाडि बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

शेयर बाँडफाँड भएको सात कार्य दिनभित्र संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले आवश्यक कागजात संलग्न गरी आफ्नो शेयरको अभौतिकीकरणका लागि अनुमतिपत्र प्राप्त केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनु पर्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।  

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गरिएको छ । यस्तो कम्पनीको शेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति शेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नु पर्नेछ ।  

यस्तो शेयरमा आवेदन दिनका लागि आवेदकको धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न आश्वा अनुमति प्राप्त कुनै बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी सम्बन्धी प्रचलित कानूनी व्यवस्था पूरा गरी आफ्नो नाममा गैर अवासीय नेपालीको नेपाली रुपैयाँको बैंक खाता हुनुपर्नेछ ।

जुनसुकै कुरा लेखिएको भए तापनि निष्काशित शेयरमध्ये पचास प्रतिशतभन्दा कमका लागि आवेदन परेमा त्यस्तो निष्काशन प्रक्रिया रद्द गरी सम्बन्धित आवेदकको रकम फुकुवा गर्नुपर्नेछ ।

यस्तै, निष्काशित शेयरका लागि पचास प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी शेयर बाँडफाँट भएकोमा आवेदन नपरी बाँकी रहन गएको शेयर तत्काल कायम रहेका शेयरधनीले खरिद गर्न चाहेमा खरिद गर्न सक्नेछन्र त्यसरी शेयरधनीले खरिद नगरेमा प्रचलित कम्पनी ऐन बमोजिम पूँजी संरचनामा हेरफेर गरी शेयर पूँजी समायोजन गर्नुपर्नेछ

यस्ता कम्पनीको शेयर कारोबार गर्दा कारोबार इकाई न्यूनतम एकहजार कित्ता हुनेछ । यस्तो कम्पनीको शेयरको कारोबार गैरआवासीय नेपालीबिच मात्र हुनेछ ।  

यसैगरी, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्काशन गरेको शेयर बाडँफाँड भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन । तर संस्थापक शेयरको हकमा भने नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने उल्लेख छ ।  

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयरधनीको हकप्रद शेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबिच मात्र हुनेछ भने हक हस्तान्तरण गर्दा शेयरको खरिद बिक्री बन्देज अवधि (लकइन पिरियड) नसकिएको भएमा हस्तान्तरण भई जाने शेयर समेत लकइनमा नै रहने व्यवस्था गरिएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.