बुधबार, माघ ९,२०८१ 04:46:22
IME remit
  • बुधबार, माघ ९,२०८१ 04:46:22
IME remit
Global IME Bank Limited

अलपत्र आईपीओ, हकप्रदको स्वीकृति अर्को साताबाट !

Hyundai Nepal
अलपत्र आईपीओ, हकप्रदको स्वीकृति अर्को साताबाट !
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विगत ११ महिनादेखि पाइपलाइनमै अलपत्र परेका दर्जनौं कम्पनीको प्राथमिक, थप र हकप्रद सेयर निश्कासनको प्रक्रिया चाँडै सुरु गरिने बताएका छन् ।  

बिजशालासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले आफूले दैनिकजसो विभिन्न विभागहरुबाट ब्रिफिंग लिने काम गरिरहेको भन्दै सम्भवतः अर्को साताबाट अड्किएका प्राथमिक  निश्कासन, थप निश्कासन र हकप्रदका कामहरु प्राथमिकताका आधारमा अगाडि बढाउने प्रष्ट पारेका छन् । 

Bizshala
CG Motors
Sagarmatha Cement

अर्को साताबाट अड्किएका आईपीओहरु आउन थाल्छन् ? भन्ने प्रश्नमा उनले भने-'त्यस्तै होला । आई विल ट्राई माई बेस्ट । मेरो फोकस नै त्यसमा छ । ब्रिफिंगका लागि एकदुई अझै लाग्ला, त्यसपछि अलपत्र परेका कामहरु सल्टाउँदै जाने हो ।'  

पछिल्लो ११ महिनादेखि ७६ वटा कम्पनीको करिब ५० अर्ब रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमै अलपत्र छन् ।  

यस्तै, १९ वटा कम्पनीको करिब १२ अर्ब रुपैयाँ बराबरको हकप्रद निश्कासनको प्रस्ताव समेत बोर्डमै थन्किएको छ। 

Muktinath Bikas Bank Limited

विभिन्न १० कम्पनीका ऋणपत्रको प्रस्ताव समेत अगाडि बढ्न सकेका छैनन् । करिब २९ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रस्ताव ११ महिनादेखि थन्किएको हो ।  

यस्तै, विभिन्न कम्पनीबाट प्रस्ताव गरिएका करिब ९ अर्ब रुपैयाँ बराबरको १० वटा म्युचुअल फण्डका प्रस्ताव समेत अलपत्र अवस्थामा छन् ।  

धितोपत्र बोर्डका अध्यक्ष नहुँदा कार्यबाहकहरुले आईपीओ निश्कासनमा चासो नदिंदा यस्तो अवस्था बनेको हो ।  

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले पनि जनशक्तिले भ्याएसम्म अब अड्किएका सबै काम सुरु गरिने प्रष्ट पारेका छन्।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.