आईतवार, असार २२,२०८२ 05:58:58
  • आईतवार, असार २२,२०८२ 05:58:58
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार, को-को छानिए ?

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार, को-को छानिए ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ ।  

अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।  

समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम फाइनल गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

समितिले अब अन्तिम प्रस्तुतीकरणका आधारमा पाँचमध्ये ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । ती ३ नामबाट एकजनालाई मन्त्रीपरिषद बैठकले अध्यक्ष पदमा नियुक्ति गर्नेछ ।  

अर्थमन्त्रालयले योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा सेबोन अध्यक्ष छनौट तथा सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यहरु अर्थसचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुप्मा उदय निरौला रहेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.