बिहीबार, मंसिर ११,२०८२ 05:07:45
Bizshala
  • बिहीबार, मंसिर ११,२०८२ 05:07:45
Bizshala
Global IME Bank Limited

नीतिगत सहजता र राजनीति सङ्ग्लिएसँगै बजार बुलिस बाटोमा कुद्ने तयारीमा

विज्ञ भन्छन्- 'नयाँ लगानीकर्ता र ट्रेडर बजार छिर्न थाले, नेप्से अब नयाँ उचाईमा पुग्छ'

Hyundai Nepal
नीतिगत सहजता र राजनीति सङ्ग्लिएसँगै बजार बुलिस बाटोमा कुद्ने तयारीमा
Shivam Cement

काठमाण्डौ । ‘जेनजी आन्दोलन’ का कारण २४ सय बिन्दु आसपाससम्म झरेको सेयरबजार पछिल्ला केही दिनयता क्रमिक उकालो यात्रामा उत्रिएको छ । राजनीतिक वातावरण केही हदसम्म सहज बन्दै जाँदा पूँजीबजारले पुनः लय समाउन थालेको देखिन्छ।

नेप्से परिसूचक, जुन केही हप्ताअघि तल्लो विन्दुसम्म झरेको थियो, अहिले २६ सय बिन्दुमाथि स्थापित भएको छ। देशको राजनीतिमा सम्भावित स्थिरताका संकेत देखिएसँगै लगानीकर्ताको मनोबल उल्लेखनीय रूपमा उक्लिएको छ।

CG Motors
Garima Development Bank
IME remit

हाल दैनिक कारोबार रकम तीव्र गतिमा बढिरहेको छ। नयाँ लगानीकर्ता तथा ट्रेडरहरूको प्रवेशले बाजारमा थप सक्रियता र ऊर्जा भरिएको छ। यहीबीच, जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेभित्र चुनाव गर्ने निर्णय गरेपछि देशमा अराजकता बढ्ने आशंका घटेको र निर्वाचनमार्फत नयाँ राजनीतिक दिशा बन्ने विश्वासले लगानीकर्तामा उत्साह थपिएको देखिन्छ।

यसबेला केही लगानीकर्ताले बजारमा मजबूत ‘बुलिस सेन्टिमेन्ट’ बन्न सक्ने अनुमानसमेत गर्न थालेका छन्। बजार माथि जानका लागि आवश्यक आधारहरू बलिया बन्दै गएको र बजार धेरै तल झर्ने जोखिम न्यून भएको उनीहरूको धारणा छ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार नेपाली पूँजीबजार अब नयाँ उचाइतर्फ उन्मुख हुँदैछ। “सेयरबजार पहिले नै बढ्नुपर्ने थियो, तर जेनजी आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रको गतिविधि प्रभावित भएपछि लगानीकर्तामा आत्मविश्वास घट्यो र बजार तीव्र रूपमा खस्कियो,” उनले भने। “अब चुनावको मिति स्पष्ट भइसकेको छ। राजनीतिक अनिश्चितता घट्दै गएको छ। लगानीकर्ताको मनोबल समेत उच्च छ। बजार नयाँ उचाइमा पुग्नेछ।”

ढकालका अनुसार बजार उकालो लाग्ने धेरै आधारहरू तयार भइसकेका छन्। “राजनीतिक माहोल सहज बन्दैछ, चुनाव फागुन २१ गते हुने तय छ-यसले राजनीतिक स्थिरतासम्बन्धी सकारात्मक संकेत दिएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता छ। लगानीकर्ताले सस्तो ब्याजदरमा कर्जा लिएर सहजै सेयरमा लगानी गर्न सक्छन्,” उनले स्पष्ट पारे।

साथै, धितोपत्र बोर्डले मार्जिन लेन्डिङसम्बन्धी मस्यौदा अघि बढाएको र लगानी वातावरण सहज हुने संकेतले बजारलाई थप समर्थन मिलेको उनको तर्क छ। “मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यदि बैंक तथा वित्तीय क्षेत्रमा सेयर लगानीका लागि सहज नीति आयो भने बजार झनै उक्लनेछ,” ढकालले भने।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

यस्तै, सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेलले पनि पछिल्लो समय बजार बढ्नका लागि सबै आवश्यक आधारहरू क्रमशः तयार हुँदै गएको बताए। “पहिले बजार बढ्नका लागि आधारहरू कम थिए। नियम-नीतिमा कडाइ मात्रै थियो। तर अब बैंकहरूमा तरलता प्रशस्त छ र बजारले खोजेका नीति–नियमहरू समेत खुकुलो बन्दै गएका छन्,” उनले भने।

उनका अनुसार धितोपत्र बोर्डले लगानीकर्ताका मागहरू सम्बोधन गर्ने दिशामा देखाएको चासो बजारका लागि सकारात्मक संकेत हो। “बोनस सेयरमा लाग्ने कर कम्पनी स्वयंले तिर्नुपर्ने व्यवस्था आउँदै छ, जसले बजारमा थप सकारात्मक असर पार्नेछ,” उनले थपे।

फुल्लेलका अनुसार यदि अब गैरआवासीय नेपाली (एनआरएन) लाई सेयरबजारमा लगानी गर्ने पूर्ण सुविधा कार्यान्वयन भयो र बैंकहरूले पनि बजारमैत्री नीति अपनाए, भने बजार बुलिस ट्रेन्डमा मजबुत रूपमा उक्लनेछ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.