मंगलवार, फाल्गुन ५,२०८२ 10:41:54
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:41:54
Bizshala
Global IME Bank Limited

‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’

‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड(एनआरएन)को सेयरमा भएका इन्साइडर ट्रेडिङमाथि जारी छानबिन चाँडै टुङ्गोमा पुर्याइने बताएका छन् ।  

बिजशालासँग कुरा गर्दै उनले सेबोनको विशेष टोलीले सो प्रकरणमाथि छानबिन गरिरहेको उल्लेख गर्दै निकट भविष्यमै निश्कर्ष आउने बताएका हुन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘बजारमा हुने यस्ता गलत क्रियाकलापको विषयमा हामीलाई दैनिकजसो उजुरीहरु आइरहेका हुन्छन् । त्यस्ता उजुरीको विषयमा छानबिन गर्ने काम पनि हाम्रो रेगुलर नै भइरहेको हुन्छ ।’ उनले भने–‘यही सिलसिलामा एनआरएनमा भएको भनिएको इन्साइडर ट्रेडिङको विषयमा समेत छानबिन भइरहेको हो । अरुभन्दा यो प्रकरण अलिक सिरियस देखिएकोले यसलाई विशेष प्राथमिकतामा राखेर छानबिन जारी राखिएको छ ।’  

उनले एनआरएनको सेयर कारोबारमा भएको गडबडीको विषयमा छानबिन समितिले दोषी करार गर्ने कोही पनि नछुट्ने र निर्दोष कोही पनि नपर्ने प्रष्ट पारेका छन् । ‘यसमा दोषी देखिएका कोही पनि उम्किन पाउँदैनन् ।’ उनले भने–‘ती सबै दोषीमाथि कारबाही हुन्छ ।’ 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनले पछिल्लो समय धितोपत्र बोर्डले बजारमा हुने अनैतिक गतिविधिमाथि कडा निगरानी राखिरहेको उल्लेख गर्दै लगानीकर्ताको हित आफूहरुको प्राथमिकतामा रहेको समेत स्पष्ट पारे । ‘पूँजीबजारको स्वस्थ विकास हुन आवश्यक छ । यो क्षेत्रप्रति जनविश्वास बढ्न आवश्यक छ । कसैले फसाउने क्षेत्रको रुपमा पूँजीबजारको भाष्य बनाइयो भने त्यसले देशको अर्थतन्त्रलाई नै गम्भीर प्रभाव पार्नसक्छ ।’ उनले भने–‘त्यसकारण सबै जिम्मेवार भएर लगानी गर्न आवश्यक छ । लगानीकर्ता अनुशासित हुन आवश्यक छ । छिटो कमाउँछु भनेर अनैतिक बाटोतर्फ लाग्नुभएन ।’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.