‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड(एनआरएन)को सेयरमा भएका इन्साइडर ट्रेडिङमाथि जारी छानबिन चाँडै टुङ्गोमा पुर्याइने बताएका छन् । बिजशालासँग कुरा गर्दै उनले सेबोनको विशेष टोलीले सो प्रकरणमाथि छानबिन गरिरहेको उल्लेख गर्दै निकट भविष्यमै निश्कर्ष आउने बताएका हुन् ।

