काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ४४ लाख ५५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको लगानीको उचित मूल्यमा आएको परिवर्तनबाट १ करोड ५४ लाख ६२ हजार रुपैयाँ नोक्सानी देखिएको छ। यसले कम्पनीको नाफामा मुख्य दबाब पारेको देखिन्छ।
पहिलो त्रैमासमा कम्पनीले लाभांश आम्दानीबाट ७३ लाख १६ हजार रुपैयाँ र वित्तीय आम्दानीबाट ६८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ। तर समग्रमा कम्पनीको कुल आम्दानी १२ लाख ७९ हजार रुपैयाँ ऋणात्मक बनेको छ।
कम्पनीको कुल खर्च ७० लाख ९४ हजार रुपैयाँ रहेको छ भने करअघिको घाटा ८३ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ३ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ३ अर्ब २३ करोड रुपैयाँ छ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ७१ करोड ३ लाख रुपैयाँ छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ०.९९ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ १७९.६४ रुपैयाँ तथा प्रतिसेयर नेट एसेट भ्यालु १९८.७२ रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।