मंगलवार, फाल्गुन ५,२०८२ 02:56:54
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:56:54
Bizshala
Global IME Bank Limited

कमजोर वित्तीय स्वास्थ्य, मूल्यमा उछालः एनआरएनमा 'पम्प एण्ड डम्प' पुष्टि, सेबोन निरीह

कमजोर वित्तीय स्वास्थ्य, मूल्यमा उछालः एनआरएनमा 'पम्प एण्ड डम्प' पुष्टि, सेबोन निरीह
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ठूलो घाटा व्यहोरेको छ ।  

वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी(इपीएस) पूर्ण रूपमा नेगेटिभ छ । तर दोस्रो बजारमा कम्पनीको सेयरमूल्य १५०० रुपैयाँभन्दा माथि उडिरहेको छ । वित्तीय विवरण र बजार मूल्यबीचको यो चरम अन्तरले बजारका ‘खेलाडी’हरूले सेयरमा कृत्रिम उछाल ल्याएको स्पष्ट संकेत दिएको छ । यसले एनआरएनमा लामो समयदेखि चलेको चलखेल पुनः एकपटक पुष्टि गरिदिएको छ ।  

कम्पनीले पुस ३०, २०८२ (१४ जनवरी २०२६)सम्मको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले करिब ५३ लाख खूद घाटा व्यहोरेको छ । यस्तै, वार्षिकीकरण इपीएस ५९ पैसाले ऋणात्मक छ । कुल आम्दानी १ करोड १७ लाखमा सीमित बन्न पुगेको छ भने खूल खर्च १ करोड ९४ लाख पुगेको छ । यसरी कम्पनीको कुल आम्दानीभन्दा खर्च निकै धेरै देखिएको छ । कुल आम्दानी अघिल्लो वर्षको सोही अवधिमा ८ करोडभन्दा बढी थियो, यो वर्ष पहिरो गएको देखिन्छ । खर्च चाहिँ ९९ लाख हाराहारीमा रहेकोमा यो वर्ष त्यो पनि बढेको देखिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अघिल्लो त्रैमासमा ५० लाख ६६ हजार नाफा थियो भने गत वर्षको सोही अवधिमा ५ करोड ३७ लाख नाफा थियो । यो त्रैमासमा कर्मचारी लाभ, प्रशासनिक खर्च र वित्तीय लागतले गर्दा घाटा भएको हो । कम्पनीको नेट वर्थ पर सेयर मात्र १७४.४९ रुपैयाँ छ । तर बजार मूल्य १५०० माथि पुग्दा मूल्यआम्दानी अनुपात (पीई रेसियो) (२,३४७.९५) जस्तो अकल्पनीय नकारात्मक बनेको छ ।

यो विवरणले स्पष्ट देखाउँछ: कम्पनीको वित्तीय स्थिति कमजोर छ, प्रगति शून्यप्रायः छ, घाटा बढ्दो छ । तर बजारमा सेयर मूल्य आकाशिँदै छ । बजार विश्लेषकहरू भन्छन्, “यो वित्तीय विवरणभन्दा विपरीत मूल्य बढ्नु खेलाडीहरूको चलखेल हो ।” नाम नखुलाउने शर्तमा एक वरिष्ठ ब्रोकरले भने, “वास्तविकता घाटा छ, तर केही ठूला खेलाडीले सेयर किनबेच गरेर मूल्य उचालिरहेका छन् । सामान्य लगानीकर्तालाई फसाउने रणनीति हो यो ।”

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एनआरएनको सेयर पूँजी १७९ करोड ८१ लाखभन्दा बढी छ । तर आधारभूत सूचकहरूमा सुधार नभएको अवस्थामा मूल्य १५०० माथि पुर्‍याउनु बजारको स्वाभाविक प्रक्रिया होइन । यो स्पष्ट रूपमा ‘पम्प एण्ड डम्प’ शैलीको खेल हो जसले सिंगो सेयर बजारको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्ड (सेबोन) ले तत्काल यो प्रकरणमा छानबिन गर्नुपर्ने माग उठेको छ । यदि यस्ता चलखेल रोक्ने कदम चालिएन भने सामान्य लगानीकर्ताको विश्वास गुम्ने र बजार अस्थिर हुने खतरा छ ।

घाटामा रहेको कम्पनीको सेयर १५०० माथि ? यो खेलाडीको खेल हो, लगानीकर्ताको सपना होइन । वित्तीय विवरण हेर्नुहोस्, भावनामा नबग्नुहोस् । अन्यथा, घाटा तपाईंको पोल्टामा पर्नेछ ।

यसअघि प्रकाशित सम्बन्धित समाचार :

-सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा

-एनआरएनमा भएको इन्साइडर ट्रेडिङमाथि सेबोनको गम्भीर छानबिन, ‘यो प्रकरणमा जोडिएको कोही उम्किन पाउनेछैन’

-‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.