बुधबार, फाल्गुन ६,२०८२ 02:05:14
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:05:14
Bizshala
Global IME Bank Limited

पूँजीबजारलाई पारदर्शी र थप विश्वसनीय बनाइने

पूँजीबजारलाई पारदर्शी र थप विश्वसनीय बनाइने
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजारलाई पारदर्शी र थप विश्सनीय बनाउने लक्ष्य प्राप्तिका लागि आफूहरु लागिपरेको बताएका छन् ।  

आगामी आर्थिक वर्षका लागि सेबोनले तर्जुमा गर्ने नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राखिएको सुझाव संकलन तथा छलफल कार्यक्रमलाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बोर्डले लिने नीति तथा कार्यक्रमको लक्ष्य बजारको सन्तुलित विकास र विस्तार गर्ने दिशामा केन्द्रीत रहने बताएका हुन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

'बजारको बदलिँदो परिवेशमा, लगानीकर्ता र सरोकारवालाको बढ्दो सहभागिता र राज्यको आर्थिक विकासमा यसले गरिरहेको योगदानको भूमिका पनि बढिरहेको अवस्थामा हामी सम्वेदनशील भएर अगाडि बढ्नुपर्छ ।' उनले भने-'बोर्डको नियामकीय प्रभावकारिता बढाउन समेत साझा प्रयासको खाँचो छ । सबैको साथ र सहयोगले नै हामीले हाम्रो लक्ष्य प्राप्ति गर्छौ।'

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनले पूँजीबजार भनेको साझा प्रणाली हो भन्दै यसको समृद्धि, समुन्नति र स्थायीत्वमा जोड दिए ।  

सेबोनले विगत केही वर्षदेखि नीति तथा कार्यक्रम निर्माणअघि सरोकारवालासँग छलफल गर्ने गरेको र गत वर्ष यस्तो कार्यक्रम गर्न छुटेको भए पनि अबदेखि भने निरन्तरता दिइने समेत प्रतिबद्धता व्यक्त गरे ।  

बोर्डको छलफल तथा सुझाव संकलन कार्यक्रममा मर्चेन्ट बैंक, सिडिएससी, ब्रोकर एशोसिएसन, संस्थागत र व्यक्तिगत लगानीकर्ता, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.