मंगलवार, आश्विन १३,२०८३ 05:19:40
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:19:40
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीको ‘टाइमिङ’ रणनीतिले रोकियो पूँजीबजार रेस्क्यू प्लान, बुधबार सार्वजनिक गर्ने तयारी

Bizshala
अर्थमन्त्रीको ‘टाइमिङ’ रणनीतिले रोकियो पूँजीबजार रेस्क्यू प्लान, बुधबार सार्वजनिक गर्ने तयारी
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार सार्वजनिक गर्ने भनिएको बहुप्रतीक्षित ‘पूँजीबजार रेस्क्यू प्लान’ अन्तिम समयमा रोकिएको छ। अर्थमन्त्रीको सुझावपछि योजनाको सार्वजनिक गर्ने समय एक दिन पछाडि सारिएको उच्च स्रोतले जनाएको छ।

पछिल्लो समय केही लगानीकर्ताले आन्दोलन चर्काएलगत्तै सुधार योजना सार्वजनिक गर्दा सरकार र नियामक निकाय उनीहरूको दबाबमा झुकेको सन्देश जान सक्ने भन्दै अर्थमन्त्रीले मंगलबार नै योजना सार्वजनिक नगर्न सेबोन नेतृत्वलाई सुझाव दिएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अर्थमन्त्रीको यही ‘टाइमिङ रणनीति’अनुसार मंगलबार रेस्क्यू प्लान सार्वजनिक नगरिएको स्रोतको दाबी छ।

सेबोनस्थित उच्च स्रोतले पनि मंगलबार योजना सार्वजनिक गर्ने कुनै औपचारिक तयारी नरहेको स्पष्ट पारेको छ। स्रोतका अनुसार योजनाका अधिकांश विषय टुंगो लागिसके पनि केही बुँदामा अन्तिम परिमार्जन भइरहेको छ।

मंगलबार दिउँसो बिजशालासँग कुरा गर्दै सेबोन अध्यक्ष डा. गोपालप्रसाद भट्टले समेत योजना मंगलबार सार्वजनिक नहुने स्पष्ट पारेका थिए।

उनले भने, ‘आज होइन, भोलि चाहिँ ल्याउँछौँ।’

अध्यक्ष भट्टका अनुसार योजनाका लगभग सबै विषय अन्तिम चरणमा पुगिसकेका छन्। तर, केही व्यवस्था थप स्पष्ट र प्रभावकारी बनाउँदै समेट्नुपर्ने भएकाले मंगलबार नै सार्वजनिक गर्न सम्भव नभएको हो।

सेबोनले बजारमा देखिएको अस्थिरता नियन्त्रण, लगानीकर्ताको मनोबल पुनःस्थापना, नियामकीय सुधार तथा पूँजीबजारमा देखिएका संरचनागत समस्या सम्बोधन गर्ने गरी रेस्क्यू प्लान तयार पारेको बताइएको छ।

अन्तिम समयमा कुनै नयाँ परिस्थिति सिर्जना नभए सेबोनले बहुप्रतीक्षित पूँजीबजार रेस्क्यू प्लान बुधबार सार्वजनिक गर्ने लगभग निश्चित देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.