मंगलवार, फाल्गुन ५,२०८२ 06:57:46
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 06:57:46
Bizshala
Global IME Bank Limited

दीपेन्द्र अग्रवाललाई थप १ दिन हिरासतमा राख्न अदालतको अनुमति

दीपेन्द्र अग्रवाललाई थप १ दिन हिरासतमा राख्न अदालतको अनुमति
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ता तथा चर्चित कारोबारी दीपेन्द्र अग्रवाललाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।  

आइतबार काठमाण्डौ जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ७ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न दिन माग गरेकोमा थप १ दिन मात्र हिरासतमा राख्न अनुमति दिइएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रारम्भिक अनुसन्धानका क्रममा जोशी हाइडोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भित्री कारोबार गरेको देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई अनुरोध गरिएको थियो । सेबोनले आफ्नो अनुसन्धान प्रतिवेदन सीआईबीलाई पठाएको केही दिनमै अग्रवाललाई पक्राउ गरी हिरासतमा राखिएको थियो । शुक्रबार काठमाण्डौको चुनदेवी क्षेत्रबाट पक्राउ परेका अग्रवालको विषयमा थप अनुसन्धान सुरु गर्नका लागि प्रहरीले थप एक दिन समय पाएको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरी स्रोतका अनुसार धितोपत्र बोर्डको अनुसन्धानबाटै धेरै कुरा खुलेकाले अब थप धेरै अनुसन्धान गरिरहनुपर्ने आवश्यकता नदेखिएकाले अदालतले १ दिन मात्र म्याद थपको अनुमति दिएको हुनसक्छ ।  

अनुसन्धान सकिएपछि थप कारबाहीका लागि अदालतमा पेश गरिने र त्यहीबाट अदालतले कारबाहीको आदेश जारी गर्नेछ ।  

यसैबीच, अग्रवालका आफन्तले सोमबार बन्दी प्रत्यक्षीकरणको रीट दायर गर्दैछन् । अग्रवाललाई थुनामुक्त गरी बाहिरबाटै अनुसन्धानमा सहयोग गर्ने वातावरण बनाउन अनुरोध गर्दै त्यस्तो रीट दायर गर्ने तयारी छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.