शुक्रबार, जेष्ठ १,२०८३ 01:27:35
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:27:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेबोन अध्यक्षको प्रश्न-'म कहाँ बिग्रिएँ र सुध्रिनुपर्ने ? काम नै गर्न नदिने अनि 'काम गर्न सकेन' भन्न पाइन्छ ?'

Laxmi Sunrise Bank Limited
सेबोन अध्यक्षको प्रश्न-'म कहाँ बिग्रिएँ र सुध्रिनुपर्ने ? काम नै गर्न नदिने अनि 'काम गर्न सकेन' भन्न पाइन्छ ?'
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूले गरेको गल्ती देखाइदिए सच्चिन तयार रहेको उद्घोष गरेका छन् ।  

बिजशालासँगको कुराकानीमा अर्थमन्त्री रामेश्वर खनालले सेबोन अध्यक्ष सुध्रिनुपर्छ भनेपछि त्यसको प्रतिउत्तरमा सेबोन अध्यक्ष श्रेष्ठले आफू बिग्रिएको ठाउँ र गरेको गल्ती देखाइदिए सुध्रिन तयार भएको प्रतिक्रिया दिएका हुन् । 

Bizshala
New Office
CG Motors

'तपाईहरुको मिडियामा अर्थमन्त्री ज्यूले सेबोन अध्यक्ष सुध्रिनुपर्छ भन्नुभएको विषय पढेँ । मलाई अचम्म लाग्यो ।' अध्यक्ष श्रेष्ठले भने-'यसअघि पनि उहाँले म सच्चिनुपर्छ भन्नुभएको थियो । म कहाँ र कहिले बिग्रिएँ र सच्चिनुपर्छ भन्नुभएको होला भनेर मनमा लागिरहेको छ । म बिग्रिएको र सच्चिनुपर्ने विषय वा ठाउँ देखाइदिनुहुन्छ भने म सुध्रिन तयार रहेको समेत तपाईहरुमार्फत नै जानकारी गराउन चाहन्छु ।'

सेबोन अध्यक्ष श्रेष्ठले अर्थमन्त्रीको रुपमा रामेश्वर खनाल नियुक्त भएलगत्तै अर्थ मन्त्रालयले अनावश्यक पत्र पठाएर सेबोनका कर्मचारीलाई आन्दोलनमा उत्रिन बाध्य पारेको र लामो समयदेखि सेबोन ठप्प रहेको उनको भनाई छ । 'सेबोन ठप्प पार्ने गरी अनावश्यक पत्र पठाउने पनि उहाँहरु नै, अनि फेरि मलाई काम गर्न सकेन, पद छाड्नुपर्छ वा सच्चिनुपर्छ भन्ने पनि उहाँहरु नै ।' अध्यक्ष श्रेष्ठले थपे- 'अर्थमन्त्री ज्यूको रुपमा खनाल सर आएदेखि मलाई काम गर्न नै त दिइएको छैन । कहाँ बिग्रिएँ ? के गल्ती गरेँ ? काम नै गर्न नदिने, अनि काम नै गरेन भनेर आरोप लगाउन पाइन्छ ? गल्ती नै नगरेको मान्छेलाई सच्चिनुपर्छ भन्दै हुर्मत लिन पाइन्छ ?'

Garima Development Bank
Shivam Cement
IME remit

उनले आफूले पटक-पटक गल्ती र कमजोरी देखाइदिन आग्रह गरिरहेको समेत सुनाए । 'मैले कहीँ गलत निर्णय गरेको छु, पूँजीबजार बर्बाद पार्ने कुनै गलत काम गरेको छु भने मलाई कारबाही गरे हुन्छ ।' श्रेष्ठले भने- 'बिनाआधार र प्रमाण मेरो चरित्रहत्या गरिदिनु भएन । कसैले आधारबिना आरोप लगाएकै भरमा कसैलाई दोषी वा गलत करार गरिदिनुभएन ।'  

श्रेष्ठले सेबोनमा आएर काम गर्ने क्रममा हालसम्म आफूले कहीँ कतै गल्ती गरेको प्रमाणित गरिदिए एकमिनेट पनि पदमा नबस्ने यसअघि नै घोषणा गरिसकेका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्बन्धित समाचार :

-अर्थमन्त्री भन्छन्-'अध्यक्ष अब पनि सुध्रिएनन् भने स्पष्टीकरण सोधिन्छ, कारबाही हुन्छ'

-सेबोन कर्मचारीका नेतालाई मुख्यसचिवको सन्देश-'केही दिन आन्दोलन नरोक्नू, अध्यक्षलाई कारबाहीको ग्राउण्ड तयार गर्दैछौं'

 

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.