मंगलवार, आश्विन १३,२०८३ 06:26:52
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:26:52
Bizshala
Global IME Bank Limited

छनौट समितिका संयोजकलाई डेंगु भएपछि सेबोन अध्यक्षको अन्तर्वार्ता र प्रस्तुति अनिश्चित

Bizshala
छनौट समितिका संयोजकलाई डेंगु भएपछि सेबोन अध्यक्षको अन्तर्वार्ता र प्रस्तुति अनिश्चित
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटको प्रक्रिया पुनः अलपत्र परेको छ ।  

छनौट समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी डेंगु संक्रमण भई अस्पताल भर्ना भएपछि आज(शुक्रबार) हुने भनिएको सेबोन अध्यक्षका बाँकी ३ उम्मेद्वारको प्रस्तुतिकरण र अन्तर्वार्ता प्रक्रिया अलपत्र परेको हो ।  

संयोजक नै बिरामी भई अस्पताल भर्ना भएपछि छनौट समितिका सदस्यहरु समेत आज उपस्थित भएनन् । जसकारण सबै तयारी गरी प्रस्तुति दिन निर्धारित समयमै अर्थ मन्त्रालय पुगेका तीनै जना उम्मेद्वार केहीबेर कुरेर फर्किएका थिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेबोनको अध्यक्षका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । सो क्रममा सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र प्रस्तुतिकरण र अन्तर्वार्तामा पुगेका थिए । बाँकी तीनजना कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीले भने छनौट प्रक्रिया नै बहिस्कार गरेका थिए ।  

छनौट तथा सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नैपर्ने कानूनी बाध्यता रहेका कारण सेबोन अध्यक्ष छनौट प्रक्रिया अलपत्र परेका थियो ।

 ९ महिनादेखि रिक्त सेबोन अध्यक्ष पदको पुरानै छनौट प्रक्रिया अगाडि बढाउने अहिलेको सरकारले निर्णय गरेपछि प्रक्रिया पुनः अगाडि बढेको थियो । जसअनुसार अघिल्लो सरकारको पालामा अन्तर्वार्ता बहिस्कार गरेका कार्की, चापागाई र अधिकारी नै अर्थ मन्त्रालय पुगेका थिए ।  

छनौट समितिका संयोजक डा. अधिकारी बिरामी भई अस्पताल भर्ना भएपछि अब सेबोन अध्यक्ष छनौट प्रक्रिया सम्भवतः दशैंपछि मात्र हुने स्रोतले जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.