आईतवार, फाल्गुन ११,२०८१ 10:47:49
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:47:49
IME remit
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष अर्को सातासम्म नियुक्त गर्ने प्रधानमन्त्रीको संकेत

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्ष अर्को सातासम्म नियुक्त गर्ने प्रधानमन्त्रीको संकेत
Nabil Bank Limited

काठमाण्डौ । करिब ५ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।  

आज बिहान सांसद हरि ढकालसँगको भेटमा उनले लामो समयदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको विषयमा आफू जानकार भएको उल्लेख गर्दै अब चाँडै नियुक्तिको प्रक्रिया टुंग्याउने आश्वासन दिएका हुन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

'प्रधानमन्त्री ज्यूले गर्नुभएको कुराकानी र संकेतअनुसार आगामी साताभित्रै सेबोनले अध्यक्ष पाउने सम्भावना देखियो ।' ढकालसँगै प्रधानमन्त्रीलाई भेट्न पुगेका उनको सचिवालय प्रमुख तथा सेयर बजारका लागि लगानीकर्ता गोपाल स्वामीले बिजशालासँग भने-'सेयर बजारको समस्या समाधान गर्ने विषयमा समेत प्रधानमन्त्री ज्यूको चासो देख्यौं । उहाँ बजारप्रति निकै पोजिटिभ पायौं ।'  

सांसद ढकालले सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारलाई प्राथमिकतामा राखेर समस्या समाधान गरिने गरी नीतिगत व्यवस्था हुने घोषणा भएकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरेका थिए ।  

ढकालले सेबोन लामो समयसम्म नेतृत्वविहीन हुँदा बजारमा विकृति हाबी भएको, धितोपत्र निश्कासन लगायतका कामहरु ठप्प भएका र समग्र बजार प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।  

छलफलका क्रममा प्रधानमन्त्री दाहालले ढकालसँग ‘सेबोन अध्यक्षमा कस्तो व्यक्ति ल्याउँदा हुन्छ ?’ भनेर पनि सोधेका थिए । जवाफमा ढकालले बजारको विषयमा जानकार र स्वच्छ छविको व्यक्तिलाई सेबोनको अध्यक्ष बनाउनुपर्ने र अध्यक्ष नियुक्तिमा भइरहेका चलखेल निस्तेज हुने गरी कामहरु अगाडि बढाउनुपर्ने सुझाएका थिए ।  

तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल पुस २० गतेबाट विदा भएका थिए । त्यसपछि बोर्ड निमित्तको भरमा चलिरहेको छ । निमित्त प्रमुख भएका डा. नवराज अधिकारीले नेतृत्वमा क्षमता देखाउन नसक्दा बोर्ड र समग्र बजारकै अवस्था भद्रगोल बन्दै गएको छ ।  

धितोपत्र बोर्डका अध्यक्षको लागि छनौट समितिले पाँच जनाको नाम सर्ट लिस्ट गरेको छ। जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा निमित्त प्रमुख डा.नवराज अधिकारी, धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सन्तोष नारायण श्रेष्ठ छन्।  

सर्ट लिस्टमा परेकाहरूको प्रस्तुतीकरणपछि छनौट समितिले ३ जनाको नाम फाइनल गरी सरकारलाई सिफारिस गर्नेछ । मन्त्रीपरिषद बैठकबाट सिफारिसमा परेका अन्तिम ३ जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरिने प्रावधान रहेको छ ।  

धितोपत्र बोर्डको अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनौट तथा सिफारिस समिति बनाइएको छ । समितिमा अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा उदय निरौला सदस्य छन् । बजेट निर्माणको चटारोका कारण अर्थसचिव मरासिनीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक निर्णय गराउने गरी बैठकमा सहभागिता जनाउन समेत पाइरहेका छैनन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.