शनिबार, असार १३,२०८३ 09:44:46
Bizshala
  • शनिबार, असार १३,२०८३ 09:44:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोन अध्यक्ष श्रेष्ठ-'आइतबार बजार खुल्नुअघिसम्म अन्तिम १५ मिनेटको नियम हट्छ'

Laxmi Sunrise Bank Limited
सेबोन अध्यक्ष श्रेष्ठ-'आइतबार बजार खुल्नुअघिसम्म अन्तिम १५ मिनेटको नियम हट्छ'

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आउने आइतबार सेयर बजार खुल्नुअघि अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से परिसूचक गणना गर्ने नियम हटिसक्ने आश्वासन दिएका छन् ।

अन्तिम १५ मिनेटको औसतवाला नियम खारेजी लगायतका माग राखेर आज खुमलटारस्थित धितोपत्र बोर्ड(सेबोन)मा घेराउ गर्न तथा माग पूराका लागि दवाब दिने उद्देश्यले पुगेका लगानीकर्ताहरुसँग टेलिफोन सम्वादमा कुरा गर्दै श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । 

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ता सेबोन पुगेको समयमा अध्यक्ष श्रेष्ठ चाहिँ अर्थमन्त्रालयमा पुगेका थिए । लगानीकर्ताहरुले आफ्ना माग पूरा नभएसम्म त्यहाँबाट नउठ्ने भन्दै अध्यक्षको खोजी गरेका थिए । सो क्रममा बोर्डका उच्च अधिकारीहरुले मोवाइल ह्याण्ड्स फ्री गरेरै अध्यक्ष श्रेष्ठसँग कुराकानी गराएका थिए ।  

सो क्रममा अध्यक्ष श्रेष्ठले अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्सेको गणना गर्ने नियमको सर्वत्र विरोध भएपछि त्यसको विषयमा अध्ययन गर्न आफूले कमिटी गठन गरिसकेको र त्यसले काम गरिरहेको उल्लेख गर्दै अब त्यसलाई चाँडै हटाउनुपर्ने आवश्यकतालाई आफूले बुझेको भन्दै चिन्ता नगर्न लगानीकर्ताहरुलाई सम्झाएका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'तपाईहरुले उठाउनुभएको मागप्रति म पूर्ण रुपमा सकारात्मक छु । मैले तपाईहरुकै मागअनुसार १५ मिनेटको औसतवाला नियमको विषयमा अध्ययन गर्न बोर्डमा समिति नै बनाइसकेको थिएँ र त्यसले काम पनि गरिरहेको छ ।' उनले भने -'तर यसलाई तत्काल हटाइहाल्नुपर्ने मागलाई मध्यनजर गर्दै तथा यो विषयले नै बजारमा प्यानिक अवस्था सिर्जना गरेको हो भन्ने लागेर मैले नेप्सेलाई भनिसकेको छु । उसले सिफारिस गरेपछि हामी बोर्ड बैठक बसेर यसलाई हटाउँछौं ।'  

उनले पहिला १५ मिनेटको औसतवाला नियम लगाउँदा समेत नेप्सेकै सिफारिसका आधारमा आफूहरुले निर्णय गरेको उल्लेख गर्दै अब हटाउँदा पनि उसकै सिफारिस चाहिने प्रष्ट पारे ।  

'मैले आज दिउँसो नै नेप्सेलाई सिफारिस पठाउन निर्देशन दिइसकेको छ । आज बेलुकासम्म त्यहाँबाट सिफारिस आउँछ होला ।' उनले भने- 'त्यसपछि हामी बोर्ड बैठक बोलाएर आवश्यक निर्णय गर्छौ । तपाईहरु ढुक्क हुनुहोस्, आइतबार बजार खुल्दासम्म १५ मिनेटवाला नियम हट्नेछ ।'  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.