मंगलवार, आश्विन १३,२०८३ 06:34:42
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:34:42
Bizshala
Global IME Bank Limited

सरकारले बर्खास्त गर्ने सूइँको पाएपछि राजीनामा दिए सेबोन अध्यक्ष श्रेष्ठले, पूँजीबजारकै कालो अध्याय लेखाए

Bizshala
सरकारले बर्खास्त गर्ने सूइँको पाएपछि राजीनामा दिए सेबोन अध्यक्ष श्रेष्ठले, पूँजीबजारकै कालो अध्याय लेखाए
New Office

काठमाण्डौ । विवादास्पद निर्णयहरु गरी कार्यकाललाई पूँजीबजारको अँध्यारो अध्यायको रुपमा दर्ज गरेका नेपाल धितोपत्र बोर्ड-सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।  

आज साँझ सेबोनको बोर्ड बैठक बोलाएर त्यसमै उनले आफूले राजीनामा गर्ने निर्णयमा पुगेको भन्दै सञ्चालक तथा सहयोगीहरुलाई धन्यवाद दिएका थिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एक सञ्चालकले बिजशालालाई बताएअनुसार उनले अर्थमन्त्रीबाटै आफूलाई राजीनामा भनिएका कारण जिम्मेवारीबाट अलग भई सरकारलाई सहयोग गर्न लागेको बैठकमा बताएका थिए । 'अर्थमन्त्री ज्यूबाटै भनिएपछि म राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गर्ने निर्णयमा पुगेको छु ।' थुप्रै भ्रष्टाचार मुद्दाका फाइलहरु पुनः खोलेका कारण कारबाहीको हिटलिस्टमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएका श्रेष्ठको भनाई उद्धृत गर्दै ती सञ्चालकले भने-'उहाँले हामीलाई पनि धन्यवाद दिनुभयो र आजै अर्थमन्त्रालयमा पुगेर राजीनामापत्र बुझाउने बताउनुभएको छ ।' 

शुक्रबार दिउँसोदेखि नै उनले राजीनामा दिने चर्चा भइरहेको थियो । तर, त्यसबेलासम्म उनले औपचारिक रुपमा कहीँ कतै राजीनामा दिइसकेका थिएनन् । उनले केही निकटस्थहरुसँग मात्र यसबारेमा कुराकानी गरेका थिए ।  

यसअघि अर्थमन्त्रालयबाट उनलाई बोलाएर तत्काल राजीनामा गर्न निर्देशन दिइएको थियो । 'मन्त्रीको सन्देश' भन्दै उनलाई तत्काल पद त्यागेर उनीमाथि भइरहेका अनेकौं अनुसन्धानहरुमा सहयोग गर्न निर्देश भएको थियो । 

उनीमाथि पछिल्लो समय सम्पत्ति शुद्धिकरणले समेत अनुसन्धान गरिरहेको छ । त्यसअघि उनीविरुद्ध थुप्रै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । अख्तियारले समेत नयाँ सरकार बनेलगत्तै ती पुराना उजुरीहरुको फाइल खोलेर अनुसन्धान अगाडि बढाएको थियो । आफूले राजीनामा नदिए सरकारले बर्खास्त गर्ने सूइँको पाएपछि सेबोन अध्यक्ष श्रेष्ठ अन्ततः राजीनामा गर्ने निश्कर्षमा पुगेका उनी निकट स्रोत दाबी गर्छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.