सोमबार, माघ १४,२०८१ 10:52:44
IME remit
  • सोमबार, माघ १४,२०८१ 10:52:44
IME remit
Global IME Bank Limited

पैसाको खोलो बगाउने गिरोहलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउने तयारी !

Hyundai Nepal
पैसाको खोलो बगाउने गिरोहलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउने तयारी !
Nabil Bank Limited

काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने बाटो खुलेको छ ।  

अर्थमन्त्री विष्णु पौडेलको निर्देशनपछि अर्थ मन्त्रालयले मन्त्रिपरिषद निर्णयलाई उद्धृत गर्दै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको हो । योसँगै स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्ने बोर्डका उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।  

'अर्थमन्त्रालयबाट नयाँ स्टक एक्सचेञ्जको स्थगित लाइसेन्सिङको प्रक्रिया अगाडि बढाउन लिखित निर्देशन प्राप्त भएको छ ।' धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने-'अब सेबोनको सञ्चालक समिति बसेर आवश्यक निर्णय गर्नेछ ।' 

Bizshala
CG Motors
Sagarmatha Cement

ती अधिकारीकाअनुसार धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सञ्चालक समितिको बैठक डाकेर आवश्यक निर्णय गर्ने तयारी गरिरहेका छन् । त्यसअघि उनले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउँदा कानूनी अवरोध नआओस् भन्ने उद्देश्यले कानूनविदहरुसँग पनि अनौपचारिक छलफल गरिरहेका बुझिएको छ ।  

'सेटिङमै सबै कुरा हुँदै आएकोले अख्तियार र अदालतले समेत दुःख नदिने गरी आवश्यक पूर्वतयारीमा अध्यक्ष ज्यू जुट्नु भएको देखिन्छ ।' स्रोतले भन्यो-'जुन बिचौलिया समूहले उहाँलाई करोडौं खर्च गरेर सेबोनमा ल्याएको छ, तिनीहरुसँग पनि छलफल भइरहेकै होला । यसपटक काम जसरी भए पनि निकाल्ने गरी उहाँ अगाडि बढ्नुभएको हामीले बुझेका छौं ।'  

सन्तोषनारायण श्रेष्ठलाई विगत एक वर्षअघिदेखि नै धितोपत्र बोर्डको अध्यक्ष बनाउन एउटा समूह लागिपरेको थियो । त्यही समूहको फण्डिङमा श्रेष्ठ सेबोन अध्यक्ष भएका हुन् । अब उनले आफूलाई फण्डिङ गर्ने समूहले नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउने गरी बाँकी प्रक्रियालाई अगाडि बढाउने तयारी थालेका छन् ।  

स्रोतकाअनुसार यसअघि नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएका तीनवटा कम्पनीहरुको स्थगित प्रक्रियालाई पुनः ब्यूँताउने तयारी भइरहेको छ । यसो भएको खण्डमा ती तीनमध्ये एक कम्पनीले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउनेछ ।  

दुई वर्षअघि तत्कालीन सेबोन अध्यक्ष रमेशकुमार हमालले समेत नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन हरसम्भव प्रयास गरेका थिए । २०७९ असोजमा उनले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन मागेका थिए । तर सर्वोच्चमा रिट परेपछि अल्पकालीन अन्तरिम आदेश प्रक्रिया स्थगित गर्ने गरी आएपछि केही समय ब्याक हट्नु परेको थियो । 

Muktinath Bikas Bank Limited

पछि २०७९ चैतमा सर्वोच्चबाट सो रिट खारेज भएसँगै प्रक्रिया अगाडि बढेको थियो । त्यसबेला नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमीटेडले आवेदन दिएका थिए ।  

यी तीनवटै कम्पनीमा कर्पोरेटहरुको संलग्नता छ । कुनैमा बिचौलियाहरु समेत हाबी छन् ।  

यसरी हेर्दा नयाँ स्टक एक्सचेञ्जका लागि नेपालका शक्तिशाली कर्पोरेट समूहहरुले न्वरानदेखिको बल लगाउने पक्का देखिन्छ । तर, सन्तोषनारायणलाई सेबोन अध्यक्ष बनाउन फण्डिङ गर्ने समूहले नै लाइसेन्स पाउने गरी सेटिङ मिलिसकेको स्रोत बताउँछ । 'सन्तोषनारायणलाई सेबोन अध्यक्ष बनाउने समूहले नै सत्तारुढ दलका नेतृत्वलाई पनि मिलाइसकेको छ । अबको प्रक्रिया भने कर्मकाण्डी मात्र हो ।'  स्रोत भन्छ-'सेबोन अध्यक्षको नियुक्ति र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सिङको विषय राजनीतिक संरक्षणमा भएको खुलेआम भ्रष्टाचारको नमूनाको रुपमा इतिहासमा रहने देखिन्छ । सबै पक्षको मिलीभगत र खुलेआम पैसाको खोलो बगाएर नेपालमा कसरी काम हुन्छ भन्ने कुरुप उदाहरण यही प्रक्रिया हुने देखिन्छ ।'

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.