मंगलवार, आश्विन १३,२०८३ 06:30:47
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:30:47
Bizshala
Global IME Bank Limited

आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण

Bizshala
आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो प्रतिनिधिलाई नियुक्त गराउन बिचौलिया समूहको लामो समयदेखिको चलखेल सार्थक बनेको छ ।  

पुष्पकमल दाहालले नेतृत्व गरेको अघिल्लो सरकारकै पालामा बिचौलियाहरुले नियुक्त गर्न ठीक्क पारेका पात्र सन्तोषनारायण श्रेष्ठलाई नै धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय सोमबार सरकारले गरेको छ ।  

केहीबेरअघि सकिएको मन्त्रिपरिषद बैठकले सिफारिस समितिबाट सिफारिस तीन नाममध्ये सन्तोषनारायण श्रेष्ठलाई सेबोन अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो । 

सेबोन अध्यक्षमा नियुक्त सन्तोषनारायण श्रेष्ठसँग वित्तीय संस्थाहरुमा काम गरेको लामो अनुभव छ । उनी एक समय नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा समेत नियुक्त भएका थिए । पछिल्लो उनी रुपन्देही क्षेत्रमा बसेर व्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । अर्थमन्त्री विष्णु पौडेल पनि सोही क्षेत्रका नेता हुन् । उनले एमबीए ग्राजुएट हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकमा सहभागी एक मन्त्रीले बिजशालालाई दिएको जानकारीअनुसार सिफारिस भएका तीन नामहरु सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारीमध्ये सन्तोषको पक्षमा निर्णय भएको हो ।  

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायणको नियुक्तिसँगै दीपक भट्ट समूहले लामो समयदेखि चलाएको चलखेल र चालबाजीको जित भएको छ । यो समूहले केही प्रभावशाली व्यापारिक घरानाहरुको सहयोगमा आफूअनुकुलको पात्रलाई सेबोन अध्यक्ष बनाउने र लगत्तै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हात पार्ने प्रयासलाई जारी राखेको थियो । 

यो क्रममा बोर्ड अध्यक्ष नियुक्ति गर्दा मात्रै करिब ५० करोडको चलखेल भएको चर्चा भएको छ ।  

स्वार्थ समूहले करिब ५ अर्बको निकै ठूलो प्याकेजमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति र त्यसलगत्तै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउने खेललाई आफ्नो पक्षमा पार्ने सफलता पाएको हो ।  

उच्च स्रोतहरुका अनुसार धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त श्रेष्ठले अब केही दिनभित्र नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको प्रक्रिया अगाडि बढाउनेछन् । यो पनि प्याकेजमै सहमति भएको विषय रहेको स्रोत दाबी गर्छ । अर्थमन्त्रालयले त्यसका लागि एक पत्र पठाउने र त्यसलाई नै आधार बनाई नयाँ अध्यक्षले अन्य प्रक्रियालाई अगाडि बढाउने बुझिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.