आईतवार, बैशाख ६,२०८३ 12:48:34
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 12:48:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उच्च मनोबलसहित पूँजीबजार सुधारको काम जारी राख्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, उर्जा उत्पादकसँग छलफल

Bizshala
उच्च मनोबलसहित पूँजीबजार सुधारको काम जारी राख्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, उर्जा उत्पादकसँग छलफल
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई मनोबल उच्च राखेर पूँजीबजारमा थालेको सुदृढीकरण र शुद्धिकरणको अभियानलाई निरन्तर गर्न निर्देशन दिएका छन् ।  

आफ्नो विषयमा पछिल्लो समय केही उर्जा उत्पादकहरुले नियोजित रुपमा खेदो खनेपछि र मिडियाबाजी गरेपछि सो विषयमा आफैं ब्रिफिङ गर्न बुधबार १२ बजेतिर अर्थमन्त्रालय पुगेका सेबोन अध्यक्ष श्रेष्ठलाई अर्थमन्त्री पौडेलले पूँजीबजारको सुधारका लागि राम्रो काम भइरहेको भन्दै आरोपहरुकै कारण मनोबल कमजोर नपार्न र स्वच्छ मनले थालेका कामहरुलाई निरन्तरता दिन निर्देशन दिएका हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अर्थमन्त्री पौडेलको निजी सचिवालयका एक सदस्यका अनुसार आफूले गल्ती नगरेता पनि आफूविरुद्ध अनावश्यक भ्रम फैलाइएको, सुनियोजित चरित्रहत्या गरिएको र केही उर्जा उत्पादकहरुले यस्तो गर्नु पछाडिको कारण लगायतका विषयमा ब्रिफिङ गर्न सेबोन अध्यक्ष आफैंले टाइम मागेका थिए । सो क्रममा श्रेष्ठले मन्त्रालयका सचिव, सहसचिवहरुसँग समेत भेट गरेका थिए ।  

‘जसले उर्जा उत्पादकको बर्बादी रोके, उनैमाथि धसियो 'छुरा' !’

अर्थमन्त्रीसँगको भेटमा उनले मिडियाबाजी भइरहेको विषयमा प्रष्ट पार्ने काम गरेका थिए । 'ममाथि नियोजित प्रहार भयो । मैले सेबोन अध्यक्ष भएर काम गर्ने क्रममा नैतिक पतन हुने कुनै गतिविधि गरेको छैन ।' श्रेष्ठको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'मेरो विषयमा कुनै शंका भए हजूरहरुले पनि छानबिन गर्नुहोला । मेरो गल्ती कतै भेटिए जुनसुकै बेला पद त्याग्न तयार छु । कारबाही भोग्य तयार छु ।'  

श्रेष्ठको ब्रिफिङ र उनलाई पेल्ने कारणहरुको विषय सरसर्ती सुनेपछि अर्थमन्त्री पौडेलले मिडियाबाजी गरेकै भरमा कुनै निर्दोष दोषी सावित नहुने विषय सम्झाएका थिए । ‘तपाईले राम्रो काम गरिरहनुभएको छ । तपाईको इमानदारिताप्रति हामीमा कुनै शंका छैन । मिडियाहरुमा आएका कुराहरुकै आधारमा हामीले धारणा परिवर्तन गर्ने वा निर्दोषलाई दोषी भन्ने हुँदैन । फेरि बजार सुधारको पवित्र अभियानमा अगाडि बढ्दा यस्ता अवरोधहरु आउनसक्छन्, पन्छाउँदै अगाडि बढ्नुपर्छ ।’ अर्थमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालय सदस्यले भने–‘ढुक्क भएर काम गर्नुस् । जुन इथिक्सका साथ पूँजीबजारको सुदृढीकरण र शुद्धिकरणका कामहरु अगाडि बढाउनुभएको छ, निर्धक्क साथ अगाडि बढ्नुहोला ।’ 

CG Motors
Garima Development Bank
IME remit

केही उर्जा उत्पादकहरुले सामूहिक रुपमा आक्रोश पोखेका र सो क्रममा आधारहीन विषय ल्याएर चरित्रहत्या गरेका विषयलाई आफूले पनि नजिकबाट बुझेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले उनीहरुसँग छलफल गर्न र गुनासाहरु सुनिदिन समेत निर्देशन दिएका थिए ।  

अर्थमन्त्रीको सोही निर्देशनपछि सेबोन अध्यक्ष श्रेष्ठले आजै अपरान्ह ४ बजे उर्जा उत्पादकहरुलाई छलफलका लागि खुमलटारस्थित कार्यालय बोलाइसकेका जानकारी आएको अर्थस्थित स्रोतले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.