मंगलवार, आश्विन १३,२०८३ 06:34:16
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:34:16
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डमा अख्तियारको टोली, आईपीओको पाइपलाइनमा रहेका कम्पनीको विवरण माग

Bizshala
धितोपत्र बोर्डमा अख्तियारको टोली, आईपीओको पाइपलाइनमा रहेका कम्पनीको विवरण माग
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।  

आईपीओ स्वीकृतिको पाइपलाइनमा रहेका कम्पनीहरुको विषयमा विवरण माग्दै धितोपत्र बोर्डलाई लेखिएको चिठी लिएर अख्तियारका ३ कर्मचारी धितोपत्र बोर्ड पुगेका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनीहरुले त्यहाँ केही घण्टा समय ब्यतीत गरेर कर्मचारीसँग आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुको वित्तीय विवरण र कुन कम्पनीको प्रक्रिया कहाँ र कुन अवस्थामा पुग्यो भन्ने विषयमा लिखित जानकारी मागेका थिए ।  

'एउटा सामान्य चिठी लिएर ३ जना कर्मचारीहरु छापा मार्ने शैलीमा आएका थिए ।' धितोपत्र बोर्डका एक कर्मचारीले भने -'इमेल नै गरेर सूचना माग्न सकिने सामान्य विषयमा तीनजना कर्मचारी चिठी नै लिएर आउनुलाई हामीले अस्वभाविक रुपमा लिएका छौं ।' 

पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियाहरु प्रयोग गरेर आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुसँग कमिसन मागेको विषय केही उर्जा उत्पादकहरुले आरोप लगाएका छन् । सोही विषयमा उजुरी परेपछि त्यसको  विषयमा कुरा बुझ्न र अनुसन्धान गर्न ३ कर्मचारीको टोलीलाई आधिकारिक चिठीसहित बोर्ड पठाइएको अख्तियार स्रोतले जनाएको छ ।  

'हामीले जसरी आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरु योग्य हुँदा हुँदै कमिसनकै लागि प्रक्रिया रोकेर चलखेल गरियो भन्ने आरोप लागेको छ, त्यसको विषयमा अनुसन्धान गर्ने क्रममा आवश्यक विवरण मागेका हौं र कर्मचारी खटाएर बुझ्ने काम गरेका हौं ।' अख्तियार स्रोतले भन्यो-'यो विषयमा गम्भीर ढंगले अनुसन्धान सुरु गरेका छौं ।'

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.