मंगलवार, फाल्गुन ५,२०८२ 03:57:52
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:57:52
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टको आरएसआईमा वियरिस डाइभर्जेन्स, कति–कतिमा छ अबको सपोर्ट ?

शिवम् सिमेन्टको आरएसआईमा वियरिस डाइभर्जेन्स, कति–कतिमा छ अबको सपोर्ट ?
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्ट नेपालका सिमेन्ट कम्पनीहरु मध्य एक हो । यस कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सर्वोत्तम सिमेन्टको कारोबार भएको छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चूक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा ४ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी ९.४६ करोड रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १८८.१९ रुपैयाँ रहेको छ । रिर्टन अन इक्विटी २.८८ प्रतिशत रहेको कम्पनीको तेस्रो त्रैमाससम्म खुद मुनाफा २० करोड ४२ लाख ८२ हजार रहेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल ७० को तहमा कमजोर बुलिस यात्रामा रहेको छ । यदि यस्तो मिटर ८० भन्दा माथि रहेमा स्ट्रङ बुलिस र २० भन्दा तल स्ट्रङ वियरिस रहेको मानिन्छ । यस कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ६१६ रुपैयाँ र न्यून मूल्य ४५४ रुपैयाँ रहेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा रुपान्तरण भएको छ ।  

बोलिङ्गर म्याक्डी आरएसआई

यस कम्पनीको बोलिङ्गर ब्याण्डको आवरली चार्टमा आज अपर ब्याण्डमा रातो क्याण्डल बनेको छ । म्याक्डीमा भने यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक नै रहेको छ । आरएसआई भने करिब ८० को ओभर बट जोनबाट खसेर हाल ६० को तहमा पुगेको छ । तीन वटै इन्डिकेटरबाट नियाल्दा यस कम्पनीमा बिक्री दबाव परेको देखिन्छ । अर्थात आरएआईमा वियरिस डाइभर्जेन्स बनेको छ ।  

पिभट् विश्लेषण

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधारमानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –६७७

प्रतिरोध २ –६३८

प्रतिरोध १– ६३८

पिभट प्वइन्टः ६०२

घटेमा सपोर्ट  

सपोर्ट १– ५२८

सपोर्ट २– ४८९

सपोर्ट  ३ – ४५३

निष्कर्षः  आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा पछिल्ला वर्षहरुमा कम्पनीको बुक भ्यालु , प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी घटेको देखिन्छ । कम्पनीको बुक भ्यालु करिव ९ प्रतिशत , प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी भने अघिल्लो आर्थिक बर्षको तुलनामा ४४.११ र ३८.६३ प्रतिशतले गिरावट आएको छ । खूद मूनाफा पनि ३६ प्रतिशतले गिरावट आाएको छ ।  

प्राविधिक रुपमा यो कम्पनीको सेयरभाउ फियर एण्ड ग्रिड मिटरमा कम्जोर  बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यद्यपी आज बोलिङ्गरको अपर ब्याण्डमा वियरिस प्रकृतिको ह्याम्मर क्याण्डल बनेको छ । त्यसैगरि, आरएसआईमा ओभर बट जोनमा पुगेको छ भने वियरिस डाभर्जेन्स बनेको देखिन्छ  । यसकारण प्राविधिक रुपमा भने यो कम्पनीमा केही अल्पकालिन करेक्सन आउन सक्ने देखिन्छ  ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.