शनिबार, फाल्गुन १०,२०८१ 10:28:35
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:28:35
IME remit
Global IME Bank Limited

लगातार २ साता बढेको नेप्सेमा ब्रेक, ५० दिने मुभिङ एभरेजबाट तल खस्यो बजार

Hyundai Nepal
लगातार २ साता बढेको नेप्सेमा ब्रेक, ५० दिने मुभिङ एभरेजबाट तल खस्यो बजार
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन घट्यो  भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २०८०.८७ मा बन्द भएको बजार यो साता २०४८.८७ मा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा करिव ३२.३ अंकले गिरावट आयो । अघिल्लो साता  बजारमा ५०.३२ अंकको बढोत्तरी आएको थियो । 

यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा १७.७१ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता ४ दिनको कारोबारमा १५.६६ अर्बबराबरको कारोबार भएको थियो । यस हिसावले यो साता कारोबार बढ्यो भने सूचकमा गिरावट आयो । यो साता बजार पूँजीकरण ३२ खर्ब ४८ अर्ब पुग्यो । अघिल्लो साता बजार पूँजीकरण ३२.२७ अर्ब रुपैयाँ रहेको थियो । यस हिसावले यो साता बजार घटेता पनि दोस्रो बजारमा नयाँ कम्पनी तथा बोनस सेयरको सूचिकरणले २१ अर्बले बजार पूँजीकरण बढेको छ ।  

प्राविधिक पक्षः  

मुभिङग एभरेजको आधारमा  

मुभिङ एभरेजलाई अर्को शब्दमा रोलिङग एभरेज वा रनिङ एभरेज पनि भनिन्छ । प्राविधिक विश्लेषणको यो विधि सेयर डेरिभेटिभ तथा विदेशी मूद्रा कारोबारमा उत्तिकै प्रयोगमा आउछ । मुभिङग एभरेज भनेको निश्चित तथ्यांकको एउटा औषत समूह बनाएर प्रस्तुत गरेको रेखालाई बुझिन्छ । विशेष गरि यस्तो तथ्यांक १०,२०, ४०,५० तथा २०० दिने बनाउने गरिन्छ । बजारमा छोटो समयको उत्तार चढाव हेर्न छोटो नै र लामो समयको उत्तार चढाव हेर्न लामो समयको तथ्यांकको समूह बनाएर औषत तथ्यांक बनाइन्छ । मुभिङग एभरेज खासगरि टेवा र अवरोध पत्ता लगाउन प्रयोग गरिन्छ । घट्दो बजारमा मूल्य रेखा मुभिङ एभरेजको रेखा भन्दा तल झर्छ भने बढ्दो बजारमा मूल्य रेखा मुभिङग एभरेजको रेखा भन्दा माथि रहने गर्छ । अर्थात बढ्दो बजारमा यसले टेवा र घट्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ । यो साता ५० दिने मुभिङग एभरेज भन्दा तल बजार खसेको छ । अर्थात बजार २०७० भन्दा तल खसेको छ । यसले बजार केही समय साइडवज चल्न सक्ने देखिन्छ । ( हेर्नुहोस माथि एरो )

Shivam Cement
CG Motors
Sagarmatha Cement

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्तहिक रुपमा बजारलाई बोलिङगर ब्याण्डको आधारमा नियाल्दा अघिल्लो २ साता लगातार बढेको बजार यो साता करेक्सन आएको छ । तर बजार मध्य ब्याण्ड भन्दा माथि नै चलेको छ । म्याक्डीमा बुलिस क्रसओभर रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेको छ । आरएसआई न्युट्रल जोन ५२ को तहमा चलेको छ । समग्र तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार माघ महिनामा अपर ब्याण्डमा छोएर तल खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिन सक्छ ।  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२२१७

प्रतिरोध २ –२१७०

प्रतिरोध १– २१४५

पिभट प्वइन्टः २०७९

घटेमा सपोर्ट  

सपोर्ट १– २०३४

सपोर्ट २– १९८७

प्रतिरोध ३ –१९४२

निष्कर्षः अघिल्लो २ साता बढेको बजारमा यो साता करेक्सन आयो । यो साता बजार घट्दा कारोबार बढेको छ । यसले यो साता सामान्य रुपमा नाफा बुक भएको मान्न सकिन्छ । साप्ताहिक रुपमा बजार घटेता पनि सानो अंकले मात्रै बजार घटेको छ । अघिल्लो साता २०६० मा सपोर्ट लिएको बजार यो साता त्यो विन्द्ु भन्दा तल अर्थात ५० दिने मुभिङग एभरेज भन्दा तल खसेको छ । यस हिसावले यो साता बजारमा अल्पकालिन करेक्सन भएको देखिन्छ । यो साता घटेको बजार कहाँबाट सापोर्ट लिएर फर्कन सक्छ भनेर फिवनासी मार्फत नियाल्दा यदि ०.३८ प्रतिशतबाट फर्किन्छ भने २०३५ र ०.५ प्रतिशतको रिट्रेस्मेन्ट लिन्छ भने २०१५ सम्म हुन सक्छ । यो साता २०४८ मा बन्द भएको बजार यदि अधिक करेक्सन हुन्छ भने त्यो २०१५ सम्म हुन सक्छ ।  

उप समूह अन्तगर्त हेर्दा बजारमा १३ वटा उप समूहमा यो साता पनि विकास बैंक , लघुवित्त र वित्त समूहमा लगतार तीन साता नै बढोत्तरी रह्यो । अरु १० वटा उपसमूहमा भने यो साता करेक्सन आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.