आईतवार, बैशाख ६,२०८३ 05:34:14
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:34:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फिवोनासीको ५०% ले घटेको तारागाँउ रिजेन्सि होटल्सको आगामी यात्रा कस्तो ?

Bizshala
फिवोनासीको ५०% ले घटेको तारागाँउ रिजेन्सि होटल्सको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेप्सेमा सूचीकृत तारागाँउ रिजेन्सि होटल्स हायात रिजेन्सिको फाईभ स्टारअन्तर्गतको अन्तराष्ट्रिय चेन होटल हो । सन् २००० मा स्थापित यो होटल नेवारी संस्कृतिमा आधारित छ । पब्लिक प्राइभेट पाटनरसिप मोडेलमा आधारित यो होटलमा ५७ प्रतिशत संस्थापक र ४३ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।  

आधाभूत पक्षः  

गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ९१ करोड ४६ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी २ अर्ब ८७ करोड रुपैँया रहेको छ । कम्पनीको खुद मुनाफा ५१ करोड ८२ लाख रुपैयाँ रहेको छ ।  

त्यसैगरि, कम्पनीको प्रतिसेयर आम्दानी २६.४१ रुपैयाँ रहेको छ भने बुक भ्यालु १४६.६२ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १८.०२ गुणा रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरको आधारमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्यूट्रल जोनमा चलेको छ । अर्थात यस कम्पनीका लगानीकर्ताहरुको आकर्षण सामान्य रहेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य १४२३ रुपैयाँ रहको छ भने न्यून मूल्य ६४८ रुपैयाँ रहेको छ । । कम्पनीको ६ बर्षको औषत लाभांश दर ११ प्रतिशत रहेको छ ।  

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी केही समय पहिले अपर ब्याण्ड छोडेर तल खसेको थियो । त्यसपछि आज पहिलो पटक तल्लो ब्याण्डमा चलेको छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई करिब ४५ को तहमा चलको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा बिक्री दबाब रहेको देखिन्छ । कम्पनीलाइ फिवोनासीबाट हेर्दा उच्च मूल्यबाट यो कम्पनीको सेयर भाउ ०.५ प्रतिशतले घटिसकेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १४३९

प्रतिरोध २ – १३८२

प्रतिरोध १–  १३१३

पिभट प्वइन्टः १२५६

घटेमा सपोर्ट  

सपोर्ट १– ११८७

सपोर्ट २– ११३०

सपोर्ट  ३ –१०६१

निश्कर्षः तारा गाँउ रिजेन्सि होटल्स नेप्सेमा सूचिकृत नेपालको एक पाँच तारे होटल हो । आधारभूत रुपमा यो कम्पनी राम्रै देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलानामा कम्पनीको खुद मूनाफा ३५.४५ प्रतिशत, प्रतिसेयर आम्दानी ३०.२४ प्रतिशत र रिर्टन अन इक्विटी करिब २० प्रतिशतले बढोत्तरी आएको छ ।  

प्राविधिक रुपमा भने यो कम्पनीको सेयर भाउ पछिल्लो पटकको उच्च मूल्य १५०० बाट फिवोनासीको ५० प्रतिशतले गिरावट आएको छ । हाल बोलिङ्गरको तल्लो ब्याण्डमा चलेको यो कम्पनीको सेयर भाउ पिभट् प्वइन्टको दोस्रो सपोर्ट ११३० तथा तेस्रो सपोर्ट १०६१ विन्दुसम्म आउन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.