बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
Global IME Bank Limited

फिवोनासीको ५०% ले घटेको तारागाँउ रिजेन्सि होटल्सको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
फिवोनासीको ५०% ले घटेको तारागाँउ रिजेन्सि होटल्सको आगामी यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा सूचीकृत तारागाँउ रिजेन्सि होटल्स हायात रिजेन्सिको फाईभ स्टारअन्तर्गतको अन्तराष्ट्रिय चेन होटल हो । सन् २००० मा स्थापित यो होटल नेवारी संस्कृतिमा आधारित छ । पब्लिक प्राइभेट पाटनरसिप मोडेलमा आधारित यो होटलमा ५७ प्रतिशत संस्थापक र ४३ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।  

आधाभूत पक्षः  

गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ९१ करोड ४६ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी २ अर्ब ८७ करोड रुपैँया रहेको छ । कम्पनीको खुद मुनाफा ५१ करोड ८२ लाख रुपैयाँ रहेको छ ।  

त्यसैगरि, कम्पनीको प्रतिसेयर आम्दानी २६.४१ रुपैयाँ रहेको छ भने बुक भ्यालु १४६.६२ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १८.०२ गुणा रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरको आधारमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्यूट्रल जोनमा चलेको छ । अर्थात यस कम्पनीका लगानीकर्ताहरुको आकर्षण सामान्य रहेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य १४२३ रुपैयाँ रहको छ भने न्यून मूल्य ६४८ रुपैयाँ रहेको छ । । कम्पनीको ६ बर्षको औषत लाभांश दर ११ प्रतिशत रहेको छ ।  

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी केही समय पहिले अपर ब्याण्ड छोडेर तल खसेको थियो । त्यसपछि आज पहिलो पटक तल्लो ब्याण्डमा चलेको छ । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई करिब ४५ को तहमा चलको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा बिक्री दबाब रहेको देखिन्छ । कम्पनीलाइ फिवोनासीबाट हेर्दा उच्च मूल्यबाट यो कम्पनीको सेयर भाउ ०.५ प्रतिशतले घटिसकेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १४३९

प्रतिरोध २ – १३८२

प्रतिरोध १–  १३१३

पिभट प्वइन्टः १२५६

घटेमा सपोर्ट  

सपोर्ट १– ११८७

सपोर्ट २– ११३०

सपोर्ट  ३ –१०६१

निश्कर्षः तारा गाँउ रिजेन्सि होटल्स नेप्सेमा सूचिकृत नेपालको एक पाँच तारे होटल हो । आधारभूत रुपमा यो कम्पनी राम्रै देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलानामा कम्पनीको खुद मूनाफा ३५.४५ प्रतिशत, प्रतिसेयर आम्दानी ३०.२४ प्रतिशत र रिर्टन अन इक्विटी करिब २० प्रतिशतले बढोत्तरी आएको छ ।  

प्राविधिक रुपमा भने यो कम्पनीको सेयर भाउ पछिल्लो पटकको उच्च मूल्य १५०० बाट फिवोनासीको ५० प्रतिशतले गिरावट आएको छ । हाल बोलिङ्गरको तल्लो ब्याण्डमा चलेको यो कम्पनीको सेयर भाउ पिभट् प्वइन्टको दोस्रो सपोर्ट ११३० तथा तेस्रो सपोर्ट १०६१ विन्दुसम्म आउन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.